देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

 न्यूज विराट
देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन् । अध्यक्षमा विजयी कार्कीले ३ हजार १ सय ८४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस वीपीका सुरेन्द्र मालीले १ हजार ७ सय ३ मत प्राप्त गरे ।

उपाध्यक्षमा कांग्रेस उम्मेदवार सेठीले ३ हजार १३ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका इन्द्र महराले १ हजार ७ सय ३ मत प्राप्त गरे । सो पालिकामा एमालेले कांग्रेस वीपीका उम्मेदवारलाई समर्थन गरेको थियो ।

कांग्रेस सभापति देउवाको पालिकामा कांग्रेसले जितेपनि वडामा भने कांग्रेस वीपीले क्लीन स्वीप गरेको छ ।

सम्बन्धित समाचार

ओलीले प्रदेश र स्थानीयतहको अधिकार खोसेका थिएः आचार्य

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीयतहको अधिकार खासेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै...

शिक्षादीप कलेजद्धारा कक्षा १२ का विद्याथी विदाई

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो । १५ औं ब्याजका विज्ञान र...

त्रिविअन्तर्गतका क्याम्पसमा शुक्रबारदेखि भौतिक उपस्थितिमा पढाइ

काठमाडौं, १ असोज । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्बन्धनप्राप्त सबै क्याम्पसहरूमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख...

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य

काठमाडौँ, २४ असोज -मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी...

नागरिकका अधिकारको संरक्षणका लागि न्यायपालिकाको भूमिका महत्वपूर्णः प्रधानन्यायाधीश जबरा

काठमाडौं, २६ वैशाख-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुन दिवसले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्दै कामना गरेका छन् । उनले आज शुभकामना सन्देश...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो...

विराटनगर आउँदै गरेको कार बुढीगंगामा दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर, ३१ भदौ । कार दुर्घटनामा परेर मोरङको बेलबारी घर भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीय चन्द्रकला राई रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्