राशिफल

चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

 न्यूज विराट
चीनबाट उद्धार गरिएका १ सय ७५ जना कोरोनामुक्त, आजै घर पठाइने

काठमाडौं, फागुन १९–सरकारले चीनबाट उद्धार गरी ल्याएका १ सय ७५ जनामा कोरोना भाइरस नदेखिएको अधिकारीहरूले बताएका छन् । प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरूलाई आजै घर पठाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार, विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम १४ दिनपछि पुनःपरीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो । उनीहरूको नमुना शनिबार संकलन गरिएको थियो । नेपालबाट अध्ययन र व्यवसायका लागि चीन गएका नेपाली नागरिकहरूलाई सरकारले नेपाल वायु सेवा निगमको जहाजबाट ४ फागुनमा उद्धार गरी ल्याएको थियो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...