प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

 न्यूज विराट
प्राविधिक शिक्षामा बढ्दो आकर्षण, विद्यार्थीको रोजाइमा कोशी हेल्थ

विराटनगर । पढाइ सकिएलगतै रोजगारी सुनिश्चित हुन थालेपछि प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययनपछि बेरोजगार बस्नु नपर्ने भएकाले विद्यार्थीको आकर्षण प्राविधिक शिक्षामा भएको हो ।

विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि विराटनगरमा थपिँदै गएको छ । प्राविधिक शिक्षा अध्ययन गराउने मध्ये एक अब्बल शैक्षिक संस्था हो, विराटनगर – १ तिनपैनीमा रहेको कोशी हेल्थ ईन्स्टिच्युट । २०५४ सालदेखि प्राविधिक शिक्षा प्रदान गरी वर्षेनी दक्ष जनशक्ति उत्पादन गर्दै आएको ईन्स्टिच्युट हो, कोशी हेल्थ । विराटनर १ तिनपैनीमा रहेको कोशी हेल्थ ईन्स्टिच्युटमा सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुबाट कोशी हेल्थ ईन्स्टिच्युटमा पठनपाठन हुने भएको कारणले यहाँ पढन धेरै अभिभावकका छोराछोरीहरू लालायित हुने गरेका छन् ।

एइइ उत्तिर्ण गरेका विद्यार्थीहरुको लागि कोशी हेल्थमा सिमित कोटा राखेर भर्ना आव्हान गरेको छ । सामान्य चिकित्सा (एचए) मा ४० जना, डिल्पोमा ईन फार्मेसीमा ४० र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनाको कोटा राखेर भर्ना आव्हान भएको कोशी हेल्थ ईन्स्टिच्युटका प्रशासन प्रमुख सुधन पौडेलले जानकारी दिए । ४०–४० जनाको कोटामा ४–४ जना र ३० जनाको कोटामा तीन जनालाई पूर्ण छात्रवृत्तीमा अध्ययन गराउने उनले बताए ।

‘यी तीन वटा कार्यक्रमबाट वर्षेनी १ सय १० जना विद्यार्थी उत्तीर्ण हुने गरेका छन् । हाम्रो कलेजबाट उत्तीर्ण भएका कोही पनि बेरोजगार छैनन्, उनले भने । प्राविधिक शिक्षा अध्ययनका लागि आकर्षित भएको र उत्तीर्णमध्ये ३९ प्रतिशत सरकारी, ४२ प्रतिशत स्वरोजगार, १९ प्रतिशत गैरसरकारी संस्था र विदेश जाने गरेका छन् ।

कोशी प्रदेशमा फार्मेशी पढाउने ६ वटा, एचए पढाउने १६ वटा, मेडिकल ल्याब पढाउने १५ वटा कलेज रहेको छ । यसैगरी स्टाफ नर्स पढाउने कोशी प्रदेशमा पाँच वटा कलेज रहेको छ ।

सम्बन्धित समाचार

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित

२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश...

छिमेकी बालकको हत्या आरोपमा एक दम्पती पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय बिशाल माझीको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय विरेन्द्र पासवान र उनकी ३४ वर्षीया श्रीमति डल्ली पासवान रहेका छन्...

लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन

हेन्द्रनगर, ५ मङ्सिर-कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन...

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक समाग्री वितरण

विराटनगर,७ साउन । अपाङ्गता भएका व्यक्तिहरुलाई सहजरुपमा दैनिक जिवनको कार्य गर्नका लागि आज यहाँ सहायक समाग्री(ह्वील चियर) वितरण गरिएको छ । सामथ्र्य समाज नेपाल र समन्वयद्वारा आज यहाँ आयोजित अपाङ्गता भएका व्यक्त्तिहरुको सवालमा जनप्रतिनिधिहरु र...

प्रदेश १ः भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने पहिलो मन्त्रीपरिषदको निर्णय

विराटनगर, १६ कात्तिक । प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीम आचार्यका पालमा भएका सबै निर्णय र राजनीतिक नियुक्ति पुनरावलोकन गर्ने भएको छ । राजेन्द्र राई मुख्यमन्त्री बनेपछि पहिलोपटक बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आचार्यका पालमा भएका...

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

सवै नागरिकलाई खोप लगाउन सरकार लागि परेको छः मुख्यमन्त्री राई

विराटनगर, ९ जेठ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उनले बताए । मुख्यमन्त्री...

प्रदेश १ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

विराटनगर, २६ भदौ–कारोना भाइरसको संक्रमणबाट प्रदेश १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुष र मा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक महिलाको मृत्यु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्