खेलकुद क्षेत्रको विकासमा जोड

 न्यूज विराट
खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने सरोकारवाहरुले बताएका छन् । नेपाल तेक्वान्दो संघ मोरङ शनिबार सम्पन्न भएको साधारणसभामा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् ।

नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ताले प्रयाप्त मात्रमा राज्यले खेलकुद क्षेत्रमा बजेट विनायोजन नगरेको कारणले यस क्षेत्र पछि परेको बताए । खेलकुद क्षेत्रको विकासको लागि राज्यले ध्यान दिनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै उनले मार्सल आर्ट खेलको क्षेत्रमा तेक्वान्दोले एउटा छुट्टै प्रभाव जमाउँदै अन्तराष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको बताए । खेलकुद नै एउटा यस्तो माध्यम हो जसले राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान दिन सकेको उनको भनाई छ ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ मोरङका अध्यक्ष दिवस नेपालले नेपालबाट अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागिता जनाउँदै सबैभन्दा बढी पदक जित्ने खेल नै तेक्वान्दो भएको बताए । उनले राष्ट्रका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक दिलाउने खेल तेक्वान्दोलाई सरकारले जहिले पनि बेवास्ता गर्दै आएको बताए ।

‘राष्ट्र र अन्तर्राष्ट्रिय प्रतियोगितामा बढी पदक दिलाउने मार्सल आर्ट खेलमध्ये तेक्वान्दो हो । यस खेललाई राज्यले सधैं बजेट कम दिने गरेको छ । तेसैले भने जस्तो खेलाडी उत्पादन भएका छैन,’ उनले भने ।
नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका उपाध्यक्ष ईश्वरविक्रम शाह, नेपाली काँग्रेस मोरङ जिल्ला खेलकुद विभागका सदस्य अनुज बानियाँ, अन्तिर्राष्ट्रिय निर्णायक नारायण बुढाथोकीलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

मेयर राजवंशीले गरे केचना डेरीलाई ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण

विराटनगर, २० असार । सुनवर्षी–१ स्थित केचना सहकारी संस्थाले सञ्चालन गरेको दुध चिस्यान उपकरण हस्तान्तरण गरिएको छ । सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ३ हजार लिटर क्षमता भएको दुध चिस्यान उपकरण हस्तान्तरण गरेका हुन् ।...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

लायन्सद्धारा २ हजार ६ सय भिटिएम हस्तान्तरण

विराटनगर, ३१ असार–लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भिटिएम किट हस्तान्तरण गरेको छ । शंकास्पद व्यक्तिहरुको कोरोना परीक्षणका लागि आवस्यक पर्ने ‘भाईरस ट्रान्सपोर्ट मेडियम’ (भिटिएम) सामाजिक विकास मन्त्री...

पोखराको मणिपालमा अध्ययनरत ६४ श्रीलंकाली विद्यार्थी स्वदेश फर्किए

पोखरा, १२ वैशाख-मणिपाल शिक्षण अस्पताल पोखरामा अध्ययनरत श्रीलंकाका विद्यार्थीलाई सरकारले स्वदेश फिर्ता लगेको छ ।विश्वब्यापी रूपमा कोरोना भाइरसको संक्रमण फैलिएपछि श्रीलंका सरकारले पोखराको मणिपालमा पढिरहेका ६४ जना विद्यार्थीलाई शुक्रबार फिर्ता लगेको हो । नेपालस्थित श्रीलंकाली...

गउँसभाबाट फर्किंदै गर्दा चिचिला गाउँपालिकाका वडाध्यक्षमाथि ढुंगा प्रहार

संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक...

ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...

एनसीडिए मोरङका अध्यक्षद्धारा आश्रममा दैनिक उपभोग्य सामाग्री वितरण

विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने...

गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न एमालेद्वारा मोरङ क्षेत्र नं. ४ मा भिजिलान्ते प्रयोग 

विराटनगर । नेकपा एमालेले गठबन्धनको चुनावी कार्यक्रम बिथोल्न भिजिलान्तेहरुको प्रयोग गरेको पाइएको छ । मोरङ  क्षेत्र नं। ४ मा हुने लोकतान्त्रिक बाम गठबन्धनका कार्यक्रमहरू बिथोल्न एमालेले अन्यत्र जिल्लाहरूबाट भिजिलान्ते प्रयोग गरेको भेटिएको हो ।   बुधवार मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्