सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

 न्यूज विराट
सिंघिया खोला सुकुम्बासी बस्तीमा पस्यो, विराटनगरको सयौं घर डुवानमा

विराटनगर । विराटनगरको पूर्व भएर बग्ने सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पसेको छ । दुई दिनदेखि लगातार परेको वर्षाले सिंघिया खोलाको बाढी विराटनगर १ गंगाटोला र विराटनगर २ को सुकुम्बासी बस्तीमा पसेको हो ।

सिंघिया खोलाको बाढी सुकुम्बासी बस्तीमा पस्दा अधिकांश क्षेत्र डुबानमा परेको विराटनगर २ का वडाअध्यक्ष कुमार पोखरेलले जानकारी दिए । बाढी बस्तीमा पस्दा विराटनगर १ गंगा टोल र विराटनगर २ को सुकुम्बासी बस्तीको एक सय घर डुवानमा परेको उनले बताए ।

यस्तै जहदा गाउँपालिका वडा न –३ सिंघिया नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूका ३ घर खोलाले बगाएको छ। आफ्नो घर खोलाले बगाएपछि उनीहरु अहिले खोला किनारमै पालमुनि बस्न बाध्य छन् ।

विराटनगर र कटहरी गाउँपलिका सयौ परिवार विस्थापित समेत भएका छन् । अविरल वर्षापछि आएको बाढीका कारण विराटनगर महानगरपालिकाको सिंघिया खोला किनारका बासिन्दाको घरआँगनमा बाढीको पानी पसेको छ ।

शुक्रबार बिहानैदेखि खोलाको जलस्तर बढदै गएर सुकुमबासी परिवारका घरहरुमा बाढी पसेको थियो । लगातार बाढीको जलस्तर बढदै गएपछि उनीहरु घरभित्रका सरसामान लिएर सुरक्षित स्थानतर्फ लागेका छन् । बाढीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबभन्दा बढी प्रभावित भएका छन् ।

सिंघिया खोलामा बाढी आएपछि विराटनगर महानगरपालिकाको तटियक्षेत्रका अन्य सुकुमबासी टोलबस्ती समेत डुबानमा परेका छन् । पहिल्यैदेखि सर्तकता नअपनाएका कारण अकस्मात गाईवस्तु र मालसामान लिएर अन्यत्र सुरक्षित स्थानमा सर्नुपर्ने भएपछि पीडित थप समस्यामा परेका छन् ।

सम्बन्धित समाचार

उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता

विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरू, उद्घाटन खेलमा १२ स्कुल विजय

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कप सुरु भएको छ । प्याब्सन विराटनगरको आयोजनामा मंगलबारदेखि प्याब्सन प्रेसिडैन्ट फुटबल कप सुरु भएको हो ।१५ वर्ष मुनिका प्याब्सन आवद्ध विद्यालयलहरुले भाग लिने प्रतियोगिताको उद्घाटन खेलमा एक दर्जन विद्यालय...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

सात नयाँ मन्त्रीमा बादलकी पत्नीदेखि माधव पक्षका नेतासम्म, शपथ आजै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भाण्टाबारी, सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लिम्बुलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रहरी...

ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केन्द्रय कमिटिले पनि हटाउन सक्दैन : बास्कोटा

विराटनगर, २८ मंसिर–पूर्व सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्