पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७० संक्रमित थपिए

विराटनगर, ४ कात्तिक–प्रदेश १ मा आज आठ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा चार सय ४९, मोरङमा तीन सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा छ, संखुवासभा र तेह्रथुममा २÷२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १÷१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३६५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा १ सय ६५ महिला र २ सय पुरुष छन् । सुनसरीकै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३÷३, गढी, हरिनगरा र बर्जुमा १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा दुई सय ३२, सुन्दरहरैचामा २२, पथरीशनिश्चरेमा १७, बुढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४÷४, उर्लाबारी र कानेपोखरीमा ३÷३, लेटाङ, कटहरी र मिक्लाजुङमा २÷२, सुनबर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४÷४, दमक र हल्दीबारीमा ३÷३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २÷२, बाह्रदशी र गौरादहमा १÷१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सुर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १÷१, सोलुखुम्वुको सोलुदुधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १÷१, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १÷१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमण्बाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरङका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय ४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ३, होटल एशियाटिक आईसोलेसनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका हुन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १ सय ८४ पुगेको छ । प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय ४८ महिला र ५ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगर, जेठ २३–प्रदेश १ सरकारले स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आज प्रदेश प्रमुख सोमराज अधिकारी (प्यासी) ले प्रदेश १ को प्रदेश सभामा प्रदेश सरकारको आर्थिक वर्ष ०७७÷७८को नीति र कार्यक्रम प्रस्तुत गर्दै...

महोत्तरीमा अज्ञात रोगको प्रकोपः थप १ जनाको मृत्यु

जनकपुर, २१ वैशाख-महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् ।...

थप १०२४ जनामा कोरोना पुष्टि, २२०६ जना डिस्चार्ज

शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २४ जनामा कोरोना पुष्टि भएको छ । आज ६ हजार ७४...

तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् ।  नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार...

प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...

झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...

वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको...

राष्ट्र बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण

काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्