नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

 न्यूज विराट
नियोजित रुपमा फेल गराएको बीपीएचका विद्यार्थीको आरोप

विराटनगर । विराटनगरस्थित कोशी हेल्थ एण्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययरत तीन जना विद्यार्थीहरूले कलेज प्रशासन नियोजित रुपमा लागेर अनुर्तिण गराएको आरोप लगाएका छन् ।
विराटनगरमा मंगलर पत्रकार सम्मेलन गरी रुपा न्यौपाने, मनिषा यादव र अन्नयीया भगतले कलेज प्रशासनको लापरवाही र नियतबस रूपमा बीपीएसको सातौं सेमेष्टरको प्रयोगात्मक परीक्षामा अनुर्तिण गराएको आरोप लगाएका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालयले बीपीएस सातौं सेमेष्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म भएको थियो । जेठ १ गते प्रकाशित भएको नतिजा अनुसार न्यौपाने र भगत पब्लिक हेल्थ इजिक्स र कनप्रेसीङ पब्लिक हेल्थ म्यानिजमेन्टको प्रयोगात्मक परीक्षामा अनुर्तिण भए । थेउरीमा उनीहरु पास भएका छन् । क्याम्पसले उनीहरू विश्वविद्यालयबाट बाह्य परिक्षकको रुपमा आएका परिक्षकहको राय बमोजिम प्रयोगात्मक परीक्षा लिने क्रममा गरिएको कोडिङ्गलाई अन्तिम मार्कसिटमा उतार्ने क्रममा क्रुटि भइ विद्यार्थीको नतिजामा फरक परेको बताएको छ । तर, अनुर्तिण भएका विद्यार्थीले प्रयोत्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझदा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मुल्याकन नगरेको विद्यार्थी न्यौपानेले बताइन् । ‘प्रयोगात्मक परीक्षाको अंक क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन् । कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेका छन्,’ पत्रकार सम्मेलनमा न्यौपानेले भनिन्, ‘हामी तीन जना विद्यार्थीलाई नियोजित रुपमा प्रयोगात्मक परीक्षामा कम अंक दिएर अनुर्तिण गराएका हुन् । ’

कलेजको लापरवाही र नियोजित रुपमा अनुर्तिण गराएकोले कलेज प्रशासनलाई कारवाहीको माग र परीक्षाको नतिजा पुनरावलोकनको लागि विश्व विद्यालयसँग पनि माग गर्ने विद्यार्थीहरुको भनाई छ । ‘कलेजका प्रिन्सिपलले कक्षाकोठामा एक दिन अपशब्द प्रयोग गरेका थिए । त्यसपछि हामीले प्रिन्सिपल सरलाई माफी पनि मगाएका थियौं,’ उनले भनिन्, ‘तेही रिषलाई लिएर हामी तीन जना विद्यार्थीलाई नियोजित रुपमा प्रयोगत्मक परीक्षामा अनुर्तिण गराएको हो ।’
यता कलेजका प्रिन्सिपल सुर्य नारयण चौधरीले विद्यार्थीलाई अनुर्तिण गराउने कलेजको कुनै हात नहुने बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयबाट वाह्य परिक्षकको रुपमा आएका परिक्षकहरुबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अंक दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउने यसमा हाम्रो कुनै हात नै हुदैन ।’

सम्बन्धित समाचार

लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ । यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले...

शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं, १२ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन्...

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...

जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

विराट नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो । हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्