लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

 न्यूज विराट
लेटाङ घटना : २० जना प्रहरी नियन्त्रणमा, १६ जनाविरुद्ध म्याद थप

बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रकरण एकजना महिला प्रहरीको ज्यान जानेगरी मोरङको लेटाङमा भएको घटनामा अहिलेसम्म प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको छ ।

यही ६ चैतमा मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको धारिलो हतियार प्रहारगरी हत्या भएको थियो ।

प्रहरीको हत्या र भडपमा संलग्न आरोपमा लेटाङ नगरपालिका–५ का ४८ वर्षीय चन्द्रकान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, लेटाङ–६ का १८ वर्षीय पालाराम राई, सोही वडाका १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ–५ का २३ वर्षीय प्रदिप राई, सोही वडाकी १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संंजय मगर, २० वर्षीय कृष्ण विक, संजीव प्रधान, प्रनिस कट्टेल, झविन भन्ने जस्वीन पाख्रिन, सुनिल लिम्बू, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ–६ का श्रवण यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ‘अहिले नियन्त्रणमा लिइएकाहरुलाई फिल्टर गरिरहेका छौँ’, मोरङका प्रहरी उपरीक्षक जनार्दन जीसीले भने, ‘केही अभद्र र केहीलाई कर्तब्य ज्यान मुद्दामा लगेका छौँ ।’

प्रहरी उपरीक्षक जीसीले नियन्त्रणमा लिइएका १६ जनाको जिल्ला आदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार छात्रामाथि यौन दुर्व्यवहारका आरोपित शिक्षक पौडलविरुद्ध दुई पटक म्याद थप भई अनुसन्धान भइरहेको छ ।

उक्त घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी), प्रदेश १ प्रहरी र मोरङ प्रहरीको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट...

पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन

एजेन्सी, फागुन २९–रसियाको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ । पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ । राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा...

बझाङमा भालु आतंक, आक्रमणबाट एक महिला गम्भीर घाइते

बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

विराटनगरका १० स्वास्थ्यकर्मीसहित १६ जनामा कोरोना संक्रमण 

विराटनगर, १३ साउन-विराटनगरमा मंगलबार १० जना स्वास्थ्यकर्मीसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिएका १६ जना मध्ये १० जना कोसी अस्पताल र विराट नर्सिङ होमका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हुन् ।  कोसी...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

प्रेस चौतारीको अध्यक्षमा गणेश बस्नेत दोहोरिए, केन्द्रीय कमिटी १९९ सदस्यीय

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा दोस्रो कार्यकालका लागि गणेश बस्नेत चयन भएका छन् । पोखरामा भएको संगठनको नवौँ महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय कमिटी गठन भएको हो । प्रेस चौतारीले १७...

आज विराटनगरमा घटे कोरोना संक्रमित

विराटनगर, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्