सबैको रोजाइमा परेको शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड
सोमबार, २५ असार, २०८०,
न्यूज विराट
विराटनगर । विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा प्रवेश परीक्षा दिने विद्यार्थीको भिड लागेको छ । विज्ञान संकायको लागि सोमबार कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरुको भिड लागेको हो ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका भएर गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीपमा विद्यार्थी अध्ययन गर्न लालहित हुने गरेको छ । यस कलेजमा अध्ययन गर्न प्रत्येक साल प्रवेश परीक्षा लिने गरेको हो । विज्ञान संकायको परीक्षामा उल्लेखिनय विद्यार्थी प्रवेश परीक्षामा सामेल भएको कलेजका प्रमुख ज्ञानबहादुर खड्काले जानकारी दिए । प्रवेश परीक्षा दिएका मध्ये उत्कृष्ट विद्यार्थीलाई भर्ना गरिने उनले बताए । कलेजले असार २७ गते व्यवस्थापन संकायमा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा लिने भएको छ । अहिले प्रवेश परीक्षाको लागि पनि फर्म लिने विद्यार्थीको भिड लाग्ने गरेको छ ।
२०६५ सालमा स्थापित शिक्षादीप शिक्षामा अब्बल शैक्षिक संस्था बनेको प्रमाण धेरैभन्दा धेरै छन् । स्थापना कालदेखि नै सधैँ उत्कृष्ट दसमा पर्न सफल शिक्षादीप पढाइबाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । स्वच्छ वातावरणमा विज्ञान र व्यवस्थापन सङ्काय पढाइ हुने शिक्षादीपमा अत्याधुनिक सुविधा सम्पन्न भवनसमेत रहेको छ ।
उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, समर्पण भावसहितका शिक्षक, एडेक्वेट क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थी हुन्’, प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको मागअनुसारको शिक्षा, विद्यार्थीको उन्नयनका लागि सधैँ नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’ शिक्षादीपबाट उत्तीर्ण भएर गएका विद्यार्थीहरू चिकित्सकदेखि, नेपालका उत्कृष्ट सूचीमा पर्ने सरकारी तथा प्राइभेट सबै बैङ्कहरूमा कार्यरत छन् । त्यस्तै आफ्नै व्यापार व्यवसाय गरेर बसेकाहरू पनि छन् ।
काठमाडौं, २९ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी...
विराटनगर, ७ माघ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका लागि अक्सिजन तथा आइसोलेसन...
विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...
काठमाडौं, २२ असार-नेपाली शान्ति सैनिकका २ डफ्फा एउटै विमानमार्फत मङ्गलबार राति द्वन्द्वग्रस्त मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली प्रस्थान गर्दैछन् । कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथाम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले बदली हुन जाने शान्ति...
विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...
काठमाडौं, ९ जेठ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् । प्रतिनिधिसभा विघटन...
काठमाडौं, ११ कात्तिक-सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बडादसैँ, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...