राशिफल

गोल्डेन अस्पतालमा भरपर्दो उपचार

 न्यूज विराट
गोल्डेन अस्पतालमा भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो ।

२०६७ साल फागुन ११ गते स्थापना भएको अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवादेखि किड्नीको डायलाइसिस, न्यूरो सर्जरी, २४ सै घण्टा डिलेरी सेवा दुरविनद्धारा सबै प्रकारका पथरीको शल्यक्रिया, नाक, कान घाँटीको सबै शल्यक्रियादेखि विभिन्न सेवाहरू संचालनमा रहेको छ । यस्तै अस्पतालमा सुविधा सम्पन्न अत्याधुनिक प्रयोगशाला रहेको छ । भिडियो ए–क्स सरे तथा सिटी स्क्यानदेखि डिजिटल ए–क्सरे रहेको छ ।

अस्पतालमा हार्ड, जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डा. शिव अधिकारी, वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार, वरिष्ठ स्त्रीरोग तथा प्रसूती रोग विशेषज्ञ डा. केएम गुड्डी, वरिष्ठ न्यूरो सर्जन डा. रोशन खतिवडा, वरिष्ठ न्यूरो सर्जन चन्द्र प्रकाश यादव रहेका छन् । यस्तै वरिष्ठ नावजात शिशु बालरोग एवं बाल मुटुरोग विशेषज्ञ डा. सतिश यादव, वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. रमेश कुमार चौरसिया, वरिष्ठ नाककान, घाँटी रोग विशेषज्ञ डा. संजीव कुमार ठाकुर, वरिष्ठ कंसलटेन्ट यूरोलोजिष्ट डा. जुबिन सिल्वाल, वरिष्ठ ल्यापरोस्कोपीक सर्जन डा. सरोज राजवंशी, वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. चन्द्र भाल झालगायतका चिकित्सकहरू विरामीलाई गुणस्तरीय उपचार हुने गरेको छ ।

न्यूरो सम्बन्धी उपचारमा सफलता
बरिष्ठ न्यूरो सर्जन डा. रोशन खतिवडा र चन्द्र प्रकाश यादवसहितको चिकित्सकसहितको टिमबाट गोल्डन अस्पतालमा न्यूरो सम्बन्धी उपचार भरपर्दो हुने गरेको छ । यहाँ टाउँकोमा मासु पलाएको, टाउँकोमा रगत जमेको, पानी जमेको, टाउँकोको मेरुदण्डको चोट, मेरुदण्ड नशा च्यापिएको, पक्षघात÷ लकवा, मृगी (छोरे) रोग, जीउ, नशा झमझम गर्ने, पोल्ने, टाउँको दुख्नेलगायतको सम्पूर्ण उपचार हुने गरेको छ ।
अस्पतालमा जटिल प्रकारको न्यूरो सम्बन्धी उपचारमा सफल हुने गरेपछि विरामीको चाप बढ्न थालेको छ । स्थापनाको छोटो समयमा गुणस्तरीय सेवाप्रदान गरेर विरामीको मन जित्न गोल्डेन सफल हुँदै गएको हो । छुट्टै न्यूरो वार्ड रहेको गोल्डेनमा अत्याधुनिक उपकरण जडान गरिएको अप्रेशन थ्रेएटर रहेको छ । गोल्डेनमा अहिलेसम्म करिब २ हजार न्यूरो सम्बन्धी सर्जरीको सफल उपचार भएको अस्पतलाले जनाएको छ । दैनिक अस्पतालमा २ सय विरामीले सेवा लिदै आएका छन् ।
मुलुकले बिगत २० बर्ष भित्र स्वास्थ्य छेत्रमा निकै फड्को मारेको छ । सानो उपचारका लागि पनि छिमेकी मुलुक नै जानु पर्ने बाध्यता बिस्तारै अन्त्य हुदै गएको छ । अझ पनि केहि त्यस्ता जटिल न्यूरो सम्बन्धि समस्याहरु छन् ।जसका लागि मुलुकभन्दा बाहिर या उपत्यका नै जानु पर्ने अबस्था रहेको देखिन्छ । न्यूरोलगायत अन्य सम्पूर्ण उपचार स्थानिय स्तरमा प्रदान गरिन गोल्डेन अस्पताल संचालनमा आएको अस्पतलका निर्देशक सनातन मण्डलले जानकारी दिए ।

विरामीले पाए नयाँ जीवन
दिमागमा २५ एमएल (मिली लिटर) रगत जमेका एक जना भारतीय बिरामीको विराटनगरस्थित गोल्डेन अस्पतालमा सफल शल्यक्रिया भएको छ । ‘ब्रेन ह्याम्रेज’का कारण टाउकाको पछाडि रहने सानो दिमागमा २५ एमएल रगत जमेका भारत अररियाका ६२ वर्षीय हरिलाल साहको शल्यक्रिया र उपचार सफल भएको हो ।

अस्पतालका न्युरो सर्जन डा. रोशन खतिवडा र डा. चन्द्रप्रकाश यादवको टिमले साहको टाउकाको शल्यक्रिया गरेको हो । चिकित्सकका अनुसार ‘ब्रेन ह्याम्रेज’ भएर सानो दिमागमा यति धेरै रगत जम्नु निक्कै घातक मानिन्छ । यस्तो अवस्थामा बिरामीलाई बचाउन गाह्रो पर्ने डा. खतिवडाले बताए । ‘७ एमएलसम्म रगत जम्दा दिमागले काम गर्न छाडिसकेको हुन्छ,’ उनले भने, ‘तर २५ एमएल रगत जमेका बिरामीलाई शल्यक्रिया गरेर बचाउन सकियो ।’ अस्पतालका प्रबन्धक सन्तोष मेहताका अनुसार गम्भीर अवस्थामा भर्ना भएका बिरामीलाई जटिल प्रकारको शल्यक्रिया गरेर बचाइएको छ । ‘परिवारले माया मारिसकेको अवस्थामा शल्यक्रिया गरिएको थियो,’ उनले भने, ‘उपचार सफल हुँदा बिरामीले नयाँ जीवन पाएका छन् ।’

मेहताका अनुसार ‘ब्रेन ह्याम्रेज’ भएर बेहोस बनेका साहलाई गम्भीर अवस्थामा उपचारका लागि गत माघ ११ गते अस्पताल भर्ना गरिएको थियो । ‘बिरामीलाई आफन्तले अस्पताल भर्ना गरे। अवस्था एकदमै चिन्ताजनक थियो,’ उनले भने, ‘निको हुँदैन भनेर अचेत अवस्थौ घर फर्काउने तयारी हुँदै थियो । अस्पतालकै आग्रहमा उपचार सुरु गरेपछि बिरामीले नयाँ जीवन पाउन सके ।’ मेहताका अनुसार उपचार सफल भएपछि आफन्त र परिवारका सदस्य निक्कै खुसी भए ।

‘बुवा अचानक बेहोस भएपछि उपचारका लागि लिएर आएका थियौँ,’ हरिलालकी छोरी रेखा साहले भनिन्, ‘निको हुने आशा मारिसकेको अवस्थामा चिकित्सकले बचाइदिए ।’ हर्षित मुद्रामा देखिएकी रेखाले बुवाको जीवन बचाइदिएको भन्दै उपचारमा संलग्न चिकित्सक र अस्पताललाई धन्यवाद दिएकी छन् । उनका अनुसार हरिलाल अहिले मज्जाले हिँडडुल गर्न र बोल्न सक्छन् । उनले भनिन्, ‘बुवालाई बचाएर अस्पतालले ठूलो गुन लगाएको छ । उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ अस्पतालका अनुसार उपचारपछि बिरामीको अवस्था सामान्य बनिसकेको छ ।
प्रबन्धक मेहताले गोल्डेनमा लामो समयदेखि जटिल प्रकारका शल्यक्रिया र उपचार हुँदै आइरहेको बताए । ‘अवस्था अन्तिम बनेपछि उपचारका लागि भर्ना गरिएका धेरै बिरामीलाई बचाइएको छ,’ उनले भने, ‘अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने छौँ ।’

मृगौला सम्बन्धी उपचारमा अब्बल
गोल्डेन अस्पतालमा पूर्वी नेपालको पहिलो सिनियर वरिष्ठ फिजिसियन तथा मृगौला रोग विशेषज्ञ डा. रमेश कुमार चौरसियाले मृगौला रोगसम्बन्धी सम्पूर्ण उपचार गर्दै आएका छन् । अस्पतालमा किड्नी बायोप्सी, हेमोडायलाइसेस, २४ सैं घण्टा इमर्जेन्सी डायलाइसेस, आइ. सि.यू. हेमोडायलाइसेस पेरोटीनिएल डायलाइसेस, किड्नी ट्रान्सप्लान्ट, पथरी सम्बन्धि सम्पूर्ण उपचार हुने गरेको छ । अस्पतालमा आर्थिक अवस्था नाजुक भएका विपन्न परिवारको डायलाइसेस पनि निःशुल्क हुने गरेको छ । अस्पतालमा दैनिक डायलाइसेस गर्ने २४ जना विरामी रहेका छन् ।

सम्बन्धित समाचार

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...