कोशीको प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा मुद्दा : आइतबार १० बजेलाई पेशी तोकियो
शुक्रबार, २२ असार, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले तीन जनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता गराएका हुन् ।
एमालले प्रदेश प्रमुख पर्शुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा र सभामुख बावुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता भएको छ । आइतबार विहान १० बजे पेशी चढेको छ ।
संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गरिनुपर्ने माग राख्दै रिट निवेदन दर्ता गराएको कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । ‘संविधानको प्रक्रिया मिचेर सरकार बनाएपछि हामी रिट दर्ता गरेका छौं । त्यसैले असंवैधानिक कदमविरुद्ध हामी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हौं,’ उनले भने ।
उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभाबाट बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने कानूनी व्यवस्था छ । उपधारा ३ अन्तर्गत प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । जुनसुकै व्यवस्थाअनुसार नियुक्त भए पनि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत प्राप्त गर्न नसके पदमुक्त हुने कानूनी व्यवस्था छ । कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पु¥याउन ४७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । गठबन्धन दलहरुका तर्फबाट ४६ मात्रै पुगेपछि सभामुखलाई समेत जोडर बहुमत पु¥याउँदै थापा मुख्यमन्त्री बनेका थिए । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेश प्रमुखबाट शपथ लिए ।
विराटनगर, जेठ १–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्वद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको...
काठमाडौं, १४ माघ ।सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन...
काठमाडौं, १९ साउन-नेपालस्थित जापानी दूतावासअगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरूको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिक पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका...
विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...
काठमाडौं । अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँचदलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हो ।...
विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बार एसोसिएसनले आन्दोलन जारी राख्दा उनका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा प्रधानन्यायाधीस पक्षधरले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । बारको आन्दोलनका कारण न्यायमा अवरोध भएको भन्दै...
विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...