मानव अधिकार शुक्ष्म विषय हो : मन्त्री यादव

 न्यूज विराट
मानव अधिकार शुक्ष्म विषय हो : मन्त्री यादव

विराटनगर, २४ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मानव अधिकार शुक्ष्म विषय भएको बताउनु भएको छ । उहाँले हामीले गर्ने व्यवहारमा मानव अधिकार जोडिएको बताउनुभयो ।

७३ औं अन्र्तराष्ट्रिय मानव अधिकार दिवशका अवसरमा आज विराटनगरमा मानव अधिकार सञ्जाल, इन्सेक, मानव अधिकार रक्षक परिषद् लगायतका संस्थाहरुद्धारा आयोजित कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनु भएको हो । उहाँले मानव अधिकार क्षेत्रको विकासका लागि आफ्नो साथ सहयोग निरन्तर रहने बताउनुभयो ।

मानव अधिकारको क्षेत्रमा लाग्नु भएका संघ–संस्थालाई प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग हुने मन्त्री यादवले बताउनुभयो । उहाँले प्रदेश १ लाई मानव अधिकार मैत्री बनाउन चाहेको बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो,‘ कुनैपनि नागरिक पीडित हुनु नपरोस् भन्ने मेरो चाहना छ, तपाईहरुले यसमा मलाई सल्लाह दिनुस् ।’

सामाजिक विकास मन्त्री यादवले मधेश आन्दोलनमा मानव अधिकारकर्मीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनको समयमा आफु सँधै मानव अधिकारकर्मीहरुसँग संवादमा रहने गरेको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा मन्त्री यादवले लामो समय देखि मानव अधिकारको क्षेत्रमा लाग्नु भएका अधिकारकर्मी दिनेश श्रेष्ठ र सञ्जु साहलाई सम्मानित गर्नु भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ का चार सचिवको सरुवा

विराटनगर, १० भदौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ का चार मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । बुधबार सहसचिवहरुको सरुवा गर्दा प्रदेश मन्त्रालयमा कार्यरत सचिवहरुको सरुवा भएको हो । प्रदेश १ का सचिवहरु मुख्यमन्त्री...

सरकारले सच्यायो सार्वजनिक बिदा, इदको बिदा भोलि

काठमाडौं, ११ जेठ-गृहमन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

आयोगले थाल्याे निर्वाचनकाे तयारी

काठमाडौं, १२ पुस-निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न सुरु गरेको छ । आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि सुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता...

आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

काठमाडौँ, ३१ वैशाख । कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ । प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका...

रामबहादुर बम्जनको आश्रममा सीआईबीकाे छापा

काठमाडौं ४ असार-लिटिल बुद्ध भनेर चिनिएका रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीले छापा मारेको छ । उनीमाथि २०७२ मा आश्रममा आएका अनुयायीहरुको हत्या र बलात्कार गरेको अभियोग लागेको थियो । सोही अभियोगमा पक्राउ पुर्जि जारी भएका...

सिरहामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण

वीरगन्ज, ६ भदौ-सिरहामा मृत्यु भएका १ वृद्धमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका-४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना पाजिटिभ...

राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ । डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्