विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

 न्यूज विराट
विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल शैक्षिक संस्था हो, शिक्षादीप कलेज ।

विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्ने गरेकोे यो कलेज विराटनगर–९ मा अवस्थित छ । २०६५ सालमा स्थापित शिक्षादीप शिक्षामा एक अब्बल शैक्षिक संस्था बन्न सफल भएको पुष्टि गर्न प्रसस्तै प्रमाणहरु छन् । स्थापनाको पहिलो वर्षमा नै कक्षा ११को वार्षिक परीक्षाको परिणाममा प्रबिना ढकालले पूर्वाञ्चल प्रथम गरिन् । अर्को वर्ष जुन समयमा विद्यार्थी पास प्रतिशतले कलेजको स्तर निर्धारण गर्दथ्यो, कक्षा १२ को परिणाममा ९९.९९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भए । २०६८ सालमा कक्षा १२ मा डेनिस गौतम नेपाल प्रथम र पर्वत पौडेल नेपाल तृतीय भए । यो परिणामबाट विराटनगरले काठमाण्डौलाई चुनौती दियो साथै विराटनगर शैक्षिक हब हो, कक्षा १२ सम्मको पढाइको लागि काडमाण्डौ जान पर्र्र्दैन भन्ने सन्देश दियो । वास्तवमा त्यसपछिका वर्षहरुमा पूर्व क्षेत्रका विद्यार्थीहरु विराटनगर आउने क्रम बढी र यहाँका काठमाण्डौ जाने क्रम कम भएको महसुस गरिएको छ । २०६९ सालमा रोशना अधिकारीले पूर्वाञ्चल प्रथम भएर कीर्तिमानी थपिन् ।

२०७० मा कक्षा ११ मा पूर्वाञ्चलमा सबैभन्दा बढी विशिष्ट श्रेणीमा विद्यार्थी उत्तीर्ण गराएर कलेजले अर्को कीर्तिमानी कायम गर्यो । २०७१ मा पूर्वाञ्चलबाट शिक्षादीप कलेजका मात्र विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाले (गौरव नेपाल) । २०७२ मा कक्षा १२ को वार्षिक परीक्षामा सन्तोषबाबु यादव पूर्वाञ्चल प्रथम भए । २०७३ सालमा आएर हजारौँ विद्यार्थीलाई पछि पार्दै एमबीबीएसको प्रवेश परीक्षामा एकै व्याचका तीन जना विद्यार्थीहरुले पहिलो प्रयासमा नै अग्रस्थानमा नाम निकाले । सोही वर्षमा व्यवस्थापन संकायका १८ जना विद्यार्थीले विभिन्न बैँकहरुमा खुल्ला प्रतिस्पर्धाबाट सफल भएर जागीरे जीवन सुरु गरे । २०७४ सालमा प्रजेश श्रेष्ठ सर्वोत्कृष्ट विद्यार्थी घोषित भए । २०७५ सालमा अर्को उल्लेखनीय अभिलेख तयार भयो कि वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान् धरानमा सुजन पुरी प्रथम स्थानमा र अरु दुईले एमबीबीएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाले । त्यसपछिका उपलब्धीहरु पनि सबै उत्तिकै उल्लेख्य र महत्वपूर्ण छन् । व्यवस्थापन संकायका कम्तीमा १० जना विद्यार्थी कक्षा १२ पास गरेर सालिन्दा बैँकिक क्षेत्र र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा करिअर सुरु गरिरहेका छन् ।

हुन त विगत वर्षहरु देखि नै इन्जिनियरिङको पढाइमा सयौँ विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकालिरहेका थिए यद्यपि २०७८ सालमा आएर शुभम झा र प्रियश साहले भारत सरकारको आईसीसीआरअन्तर्गत छात्रवृत्तिमा नाम निकालेर अर्को ऐतिहासिक अभिलेख स्थापित गरे । २०७९ सालमा कृपानन्द यादवलगायतले इन्जिनियरिङ अध्ययनका लागि अग्रस्थानमा नाम निकालेर शिक्षादीपको विरासतलाई निरन्तरता दिएका छन् । २०७९ मै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा १८ हजारभन्दा बढी विद्यार्थीलाई उछिन्दै शिक्षादीपकी अदितीकुमारी जैन छात्रातर्फ टपर भइन् । उनी २०० पूर्णाङ्कमा १७१.५ अंकसहित सर्वोत्कृष्ट भएकी थिइन् । उनले शिक्षादीपबाट विज्ञान संकायबाट ३.७९ जीपीए ल्याएर १२ कक्षा उत्तीर्ण गरेकी थिइन् ।

हालसम्म शिक्षादीपबाट कक्षा ११ र १२ पास गरी हजारौँ विद्यार्थीहरु चिकित्सा, इन्जिनियरिङ, आईटीलगायत अन्य प्राविधिक र वित्तीय क्षेत्रमा अध्ययन गरिरहेका छन्, कतिपयले अध्ययन पूरा गरी नोकरी तथा स्वरोजगारीमा लागिसकेका छन् ।
स्थापनाकालदेखि नै शिक्षादीप पढाइका अतिरिक्त पाठ्यक्रमलाई सहयोग गर्ने क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । स्थानीय, प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलकुद तथा अन्य प्रतिस्पर्धामा सर्वोत्कृष्ट घोषित भई दर्जनौ पुरस्कारहरु हासिल भएका छन् । विज्ञान र व्यवस्थापन दुबै संकाय बेग्ला–बेग्लै अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेका छन् । शुद्ध पिउने पानी, स्वस्थकर क्याफेटेरिया, सबै कक्षा कोठाहरुमा सीसीटिभी,अन्तर्राष्ट्रिय स्तरका आवश्यक सामग्रीले पूर्ण फिजिक्स, केमेष्ट्री, बोटानी, जुलोजी, कम्प्युटर, होटेल मेनेजमेन्टका प्रयोगशालाहरुको व्यवस्था गरिएको छ । विद्यालयले स्थानीय र टाढाका विद्यार्थीको सहजताको लागि एक दर्जन बसमार्फत् यातायात व्यवस्था गरेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, असल अनुशासन, समर्पणभावसहितका लगनशील दक्ष शिक्षक, एडेक्वेट क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीपको सफलताको सूत्र भएको प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । ‘एक उत्कृष्ट शैक्षिक संस्थाको मापन गर्ने माध्यम उक्त संस्थाबाट पास भएर गएका विद्यार्थीहरु हुन्,’ प्रिन्सिपल खड्काले भने, ‘शिक्षादीप पढेर गएका विद्यार्थीहरुले देश विदेशमा हासिल गरेको सफलता नै हाम्रो लगनशीलताको उपलब्धी हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा, विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि शिक्षादीप अग्रणी संस्था बन्न सकेको हो ।’ ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अवसरको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल खड्काले भने, ‘दक्ष, उत्प्रेरक,अनुभवी र सधैँ माया र हौसला दिने शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि शिक्षादीपबाट पास भएका विद्यार्थीहरु देश विदेशमा चम्किरहेका छन् ।
विद्यार्थीलाई नियमित मूल्यांकन गरी हरेक त्रैमासिक तथा वार्षिक परीक्षामा उत्कृष्ट हुनेहरुलाई नगद पुरस्कारसहित सम्मान गरिने गरिएको छ । मूल्यांकनमा कमजोर ठहरिएकाहरुलाई अलग्गै कोचिङ कक्षाहरुको व्यवस्था गरिएको छ । चिकित्सा –मेडिकल) र इन्जिनियरिङ पढ्न चाहनेहरुका लागि कक्षा ११ देखि नै विशेष तयारी कक्षाहरुको व्यवस्था गरिएको छ जुन कक्षामा काठमाण्डौका ख्यातिप्राप्त शिक्षकहरुले समेत भौतिक रुपमा यहाँ आई शिक्षण गर्नुहुन्छ । यस्ता तयारी कक्षा लिने विद्यार्थीहरुको साप्ताहिक परीक्षामार्फत् मूल्यांकन गरी उत्कृष्टहरुलाई नगद पुरस्कारले पुरस्कृत गरिन्छ । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण विराटनगरका मात्र नभएर पूर्व मेचीदेखि मधेश प्रदेशको जनकपुर, सिरहा, सप्तरी, वागमती प्रदेश र अन्य विभिन्न जिल्लाहरूका विद्यार्थीको रोजाइमा शिक्षादीप नै पर्ने गरेको छ ।

गत वर्ष सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको सूचीमा पनि शिक्षादीप परेको राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशको अभिलेखमा देखिन्छ । प्रदेशमै सबैभन्दा बढी विद्यार्थी शिक्षादीपले एक हजार १७ जना विद्यार्थी कक्षा ११ मा भर्ना गरेको बोर्डले जनाएको छ । शिक्षादीप पछि दोस्रोमा अरनिकोले नौ सय ३० र तेस्रोमा कान्तिपुर कलेजले आठ सया ५२ जना विद्यार्थी भर्ना गरेको परीक्षा बोर्डको अभिलेखमा देखिन्छ । यसबाट पनि के प्रमाणित हुन्छ भने शिक्षादीप मुलुकको उत्कृष्टमध्येको एक कलेज त हो नै, यसले विराटनगरलाई शैक्षिक हब बनाउन ठूलो योगदान पु¥याएको छ ।

निरन्तर शैक्षिक परामर्श, विद्यार्थीहरूमा भएका प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलापहरूको साथै निरन्तर सिकाइ तथा विद्यार्थीको वृत्ति विकासका निमित्त प्रशिक्षण शिक्षादीपका अभिन्न अंगहरु हुन् । यसरी गुणस्तरीय शिक्षासँगै, समयसापेक्ष व्यवहारिक र रोजगारमुखी शिक्षा दिएको कारणले अभिभावक र विद्यार्थीको रोजाइमा शिक्षादीप परेको प्रिन्सिपल खड्काले बताए ।

सम्बन्धित समाचार

वायु प्रदूषण उच्च भएकाले मर्निङवाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २१ पुस-काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाकमा नस्किन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले सुचना जारी गर्दै अकास्मात आएको वायु प्रदूषण उच्च भएकाले केही समय मर्निङवाकमा निस्कन नहुने, आगो...

सुम्निमा स्कुलमा स्पोर्ट्स सप्ताह शुरू

विराटनगर । विराटनगर महानगरपालिका – ११ मा रहेको सुम्निमा इङ्लिश स्कुलमा स्पोर्ट्स सप्ताह सुरू भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी बुधबारदेखि स्पोर्ट्स सप्ताह सुरू भएको हो । एक हप्तासम्म सुरू हुने सप्ताहमा...

नेकपा सचिवालय बैठकमा चर्काचर्की, ओली बाहिरिए

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

सकियो ट्राफिक सप्ताह, मोरङ ट्राफिक प्रहरीको हप्ताभरी सचेतना कार्यक्रम

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्तहा सोमबार सम्पन्न भएको हो । ट्राफिक...

आज १ हजार १७२ जनामा कोरोना, १८ सय ९३ जना डिस्चार्ज

काठमाडौं,  ७ असोज-गत २४ घण्टामा नेपालमा एक हजार एक सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ४९ को पीसीआर गर्दा आज एक हजार एक सय ७२ जनामा कोरोना पुष्टि...

युक्रेनका राष्ट्रपति जेलेन्स्कीकी पत्नी कोरोना संक्रमित

एजेन्सी, जेठ ३१-युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीकी पत्नी ओलेना कोरोना संक्रमित भएकी छन् ।पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्ना सबै बैठक रद्द गरेका छन् । उनका प्रवक्ताले राष्ट्रपतिका सबै बैठक, सार्वजनिक कार्यक्रम र राजधानीबाहिरका...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्