प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

 न्यूज विराट
प्रदेश प्रमुखद्धारा कोशी प्रदेशमा सरकार गठनको आव्हान, असार २१ गतेसम्म समय

विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । आइतबार साझ उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।

खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेशमा एमाले नेतृत्वको हिक्मतकुमार कार्कीको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठुलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो ।

सम्बन्धित समाचार

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनमा पार्टीको लोकप्रिय मत घटेको विषयले कांग्रेसको साख गिरेको बताएका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा पपुलर...

देशभर चिसो बढ्दो क्रममा

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा, १५ असार-गण्डकी प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गण्डकीमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी...

रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

स्पार्क हस्पिटल सातौं वर्षमा, १० पुसमा वृहत निः शुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथरोपी हस्पिटल सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी गरेको छ । हस्पिटलले वार्षीकत्सवको अवसर पारेर...

प्रदेश १ मा ९२ संक्रमित थपिए, ५० जना डिस्चार्ज

विराटनगर, १७ मंसिर–प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २६, सुनसरीमा २१, मोरंग, र इलाममा २०–२०, धनकुटा र उदयपुरमा २–२ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्