उर्लाबारी नगरपालिकाले १ अर्ब ३० करोडको बजेट ल्यायो

 न्यूज विराट
उर्लाबारी नगरपालिकाले १ अर्ब ३० करोडको बजेट ल्यायो

उर्लाबारी । उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३० करोड ४० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको दशौं नगरसभामा शनिबार उपप्रमुख मीनाकुमारी खतिवडा पौडेलले सो बरावरको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालू खर्चतर्फ ५७ करोड ३७ लाख ९३ हजार ७२० रुपैयाँ र पुँजीगततर्फ ७३ करोड २ लाख ८२ हजार ९१८ रुपैयाँ अनुमान गरिएको छ । आन्तरिक आम्दानीतर्फ ५ करोड ७८ लाख ७ हजार, संघीय सरकार राजश्व बाँडफाँडतर्फ ११ करोड ९ लाख ६७ हजार, समानिकरण अनुदानतर्फ १५ करोड ६५ लाख, विशेष अनुदान २ करोड, राजश्व बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ३ लाख ७० हजार २६०, वित्तिय समानिकरण प्रदेश सरकारतर्फ १ करोड ९९ हजार, सवारी साधन कर बाँडफाँड प्रदेश सरकारतर्फ ९२ लाख ९४ हजार, सडक बोर्डबाट प्राप्त हुने रकम ५८ लाख, संघीय सरकार सशर्त अनुदानतर्फ ५९ करोड ७३ लाख, प्रदेश सरकार ससर्त अनुदानतर्फ ४५ लाख रहेको छ ।

त्यस्तै, आयतर्फ नै रजिष्ट्रेशन बाँडफाँडबाट भई प्राप्त वन रोयल्टी २१ लाख, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, अन्य बाँडफाँडबाट प्राप्त हुने २ करोड ६५ लाख हुने अनुमान छ । यसैगरि जनसहभागितातर्फ १ करोड ९० लाख र आर्थिक बर्ष २०७९÷०८० को मौज्दाततर्फ २० करोड १० लाख ३९ हजार ३७८ गरी कुल आम्दानी १ अर्ब ३० करोड ४० लाख ७६ हजार ६३८ रुपैयाँ अनुमान गरिएको छ ।

ब्ययतर्फ ५९ करोड ७३ लाख, संघीय सरकार विशेष अनुदानतर्फ १ करोड ५० लाख, विशेष अनुदानतर्फ २ करोड, समपुरक अनुदानतर्फ १ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ १ करोड ५० लाख, सर्शत अनुदानतर्फ ४५ लाख, सडक बोर्डबाट प्राप्त हुने रकम सडक मर्मततर्फ ५८ लाख, जनसहभागितातर्फ १ करोड ९० लाख, चालु तथा प्रशासनिक खर्चतर्फ १३ करोड ५६ लाख ४० हजार ४९७, नगर गौरब आयोजनाको लागि ७५ लाख, नगरपालिकाको समपूरक कोषतर्फ २ करोड, भवन निर्माणतर्फ १ करोड ५० लाख, ऐन बमोजिम नगरपालिकाले आफैले गर्नुपर्ने अत्यावश्यक कार्यहरुतर्फ २ करोड ८५ लाख विनियोजन गरिएको छ । विपद् ब्यवस्थापन कोषमा १ करोड २५ लाख, आकस्मिक कोषमा २५ लाख, मर्मत सम्भार कोषमा १ करोड २५ लाख, गत बर्षको क्रमागत योजनातर्फ २ करोड ८३ लाख ६१ हजार १४१ रुपैयाँ र नगरपालिका विषय क्षेत्रगत योजना तथा कार्यक्रमको एकमुष्ट ३६ करोड ९९ लाख ७५ हजार गरी कुल खर्च १ अर्ब ३० करोड ४० लाख ७८ हजार ६३८ रुपैयाँ अनुमान गरिएको छ ।

नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको सभामा प्रदेश सांसद उमाकान्त गौतम, विद्या चाम्लिङ, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीसहितको सहभागिता थियो ।

सम्बन्धित समाचार

चिनियाँ नाका नखुले नाकामै धर्ना बस्ने व्यवसायीको चेतावनी

काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...

घर जग्गा रोक्का र फुकुवा गर्न मालपोत जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, ३१ भदौ । घर जग्गा रोक्का तथा फुकुवाका लागि मालपोत कार्यालय धाउनु पर्ने सञ्चयकर्ताको बाध्यता हटेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र कर्मचारी सञ्चय कोषबीच जग्गा रोक्का फुकुवा र धितो पास अनलाइन...

सहारा नेपाल(साकोस) द्धारा उर्लाबारिमा–४ मा राहत वितरण

उर्लाबारी, बैशाख २६–एकका लागि एक अभियान भन्ने नाराका साथ शुक्रबार सहारा नेपाल(साकोस) ले उर्लाबारी–४ मा राहत वितरण गरेको छ । अभियानले उर्लाबारी नगरपालिकामा वडाले दोस्रो चरणमा सिफारिस गरेको बक्राबाधमा बसोबास गर्ने विपन्न , दैनिक ज्याला...

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

सभापति देउवालाई मिश्रको आग्रह : अध्यादेशविरुद्ध मोर्चा बनाउने अग्रसरता लिनुहोस्

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई सरकारले ल्याएका घातक अध्यादेशविरुद्ध एकजुट हुन, संसदभित्र र बाहिर रहेका दलहरू पनि जोडेर मोर्चा बनाउन अग्रसरता लिन आग्रह गरेक छन् । सरकारले ल्याएका अध्यादेशविरुद्ध...

दोस्रो विराट राजवंशी महोत्सव हुने

विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो विराट राजवंशी महोत्सव हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देखि २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा...

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...

मोहम्मद आफताव आलमका भाइ पक्राउ गर्न गएको प्रहरी टोलीले चलायो १२ राउण्ड गोली

काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्