६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

 न्यूज विराट
६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ परेका तीन जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो ।
अदालतको आदेशबाट पक्राउ परेका विराटनगर १२ का २१ वर्षीया राज कुमार कामत, सोही ठाउँका १९ वर्षीया विवेक कामत र २२ वर्षीया श्रीकान्त दास कारागार चलान भएको मोरङ अदालतले जनाएको छ ।

३ जेठमा विराटनगर महानगरपालिका वडा नं. ३ पिपलचौक स्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन (अन्दाजी मुल्य २० लाख) र ३६ के.जी. चाँदी (अन्दाजी मुल्य ४१ लाख) गरी जम्मा ६१ लाख बराबरको सुन चाँदीका गरगहना चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । सुन चाँदी चोरी गरेको एक सातापछि ११ जेठमा विराटनगर ३ बाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट चोरीको चाँदीको गरगहना ३५ केजी र सुन ८ ग्राम सहित पक्राउ गरी डाका चोरी मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धान पुरा गरेपछि मंगलबार मोरङ जिल्ला अदालतमा अभियाग पेश भएको थियो ।

सम्बन्धित समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...

प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असार-प्रदेश २ मा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालका अनुसार धनुषा र महोत्तरीका २२ जनामा कोरोना देखिएको हो । थपिएका संक्रमितमध्ये धनुषाका १६ जना छन् भने महोत्तरीका ६...

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २५ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बृक्षारोपण गरेको छ । विराटनगर–१ बेलगछीयास्थित शिव आधारभूत विद्यालयमा क्लबले बृक्षारोपण गरेको हो ।  रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ की अध्यक्ष कुसुम अग्रवाल नेतृत्वको...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा कोरोना कोषमा २ करोड दिने घोषणा

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै कोरोना कोषमा २ करोड रकम दिनका लागि हिमानी कोषमा बुझाइसकेको...

ओलीको सनकले संविधान धरापमाः भीम आचार्य

विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...

इजरायल जान भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण

काठमाडौं, ३० भदौ । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको फिजिकल फिटनेसु जाँच असोज १, २ र ३ गते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्