पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

 न्यूज विराट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको एमडी र एमएसको प्रवेश परीक्षा रद्द

पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको परीक्षाको प्रश्नपत्र ढिलो बाँडेको र प्रश्नपत्र पहिल्यै बाहिरिएको भन्दै करिब ५ सय डाक्टरले परीक्षा बहिष्कार गरेका थिए । त्यसै राति अबेरसम्म परीक्षा समितिको बैठक बसेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन प्रा.डा. नरेन्द्रविक्रम गुरुङले प्राविधिक कारणले परीक्षा रद्द गरिएको बताए । ‘परीक्षा समितिको बैठकले विशेष कारणले परीक्षा रद्द गरेको छ,’ उनले भने, ‘समितिको विशेष बैठक त्यही दिन राति ११ बजे बसेर परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।’ प्रवेश परीक्षाको नयाँ मिति समितिको बैठकले तय गर्ने जनाएको छ । स्नातकोत्तर तहको प्रवेश परीक्षाका लागि १ हजार विद्यार्थीले परीक्षा फर्म भरेका थिए। तर, परीक्षा निर्धा्रित समयभन्दा एक घण्टा ढिलो सुरु भएपछि विद्यार्थीहरूले परीक्षा बहिष्कार गरेको परीक्षार्थी डा. हुलास अग्रवालले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College