मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल

 न्यूज विराट
मारवाडी युवा संगठनको उपाध्यक्षमा गोपाल अग्रवाल

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको उपाध्यक्षमा विराटनगरका युवा व्यवसायी गोपाल अग्रवाललाई प्रथम उपाध्यक्षमा चयन भएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगगठनको चौथो राष्ट्रिय महाधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा प्रथम उपाध्यक्षमा चयन भएका हुन् ।

मारवाडी युवा मञ्च विराटनगरको अध्यक्ष रहेर महत्वपूर्ण सामाजिक कार्य गर्न सफल अग्रवाललाई संगठनको भावी अध्यक्षका रुपमा हेरिएको छ । देशभरका ५० हजारभन्दा बढी मारवाडी युवाको सामाजिक कार्य गर्ने थलो संगठन हो ।

प्रथम उपाध्यक्षमा निर्वाचित भएपछि अग्रवालले युवा पुस्तालाई सामाजिक कार्यमात्र होइन लगानी प्रवर्द्धन, आकर्षित गर्ने रचनात्मक कामका लागि संगठनले काम गर्ने बताए । आर्थिक क्षेत्रमा धेरै नै सक्रिय रहने मारवाडी समुदायका युवा पछिल्लो समय पलायन हुन थालेका छन् । नेपालमा लगानीको अवस्था नभएको बेला र युवालाई उद्यममै सक्रिय गराउन संगठनले अभियान चलाउने भएको छ ।

सम्बन्धित समाचार

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

बालुवाटारमा एमालेको बटमलाइन : १४ सांसद बर्खास्ती सदर वा सभामुखको राजीनामा र कोभिड भ्याक्सिन अपचलन

काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१...

पुरुषको बेवारिसे शव फेला

जनकपुरधाम, १७ वैशाख-धनुषामा पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका-७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्