काेशी प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरिँदै, विपक्षी दलहरूकाे बहिष्कार

 न्यूज विराट
काेशी प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरिँदै, विपक्षी दलहरूकाे बहिष्कार

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक भईरहेकाे छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन् ।

उनीहरूले अल्पमतमा परेकाे सरकारले विश्वासको मत लिनुकाेसाटाे संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएकाे भन्दै बहिष्कार गरेका हुन् । काेशी प्रदेश आर्थिक मामिला तथा याेजना मन्त्रालयकाे जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका हुन् ।

आर्थिक मामिला मन्त्रालयमा आयाेजित बजेट सार्वजनिक कार्यक्रममा सरकारका मन्त्रीहरू, एमाले र राप्रपाका सांसद तथा नेता, विभित्र मन्त्रालयका सचिवहरू, उच्चपदस्थ कर्मचारी, उद्योगी, संचारकर्मी लगायतकाे उपस्थिति रहेकाे छ ।

प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारकाे तर्फबाट आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदकाे बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएकाे हाे ।

सम्बन्धित समाचार

फाइजरको खोप आउँदै, वितरणमा सतर्क हुन आवश्यक

कोरोनाविरुद्धको फाइजर खोप आउने दिन नजिकिएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरकालाई दिनेगरी फाइजर खोप ल्याउने तयारी गरेको हो । करिब ३ महिनाअघि देखि नै खोप ल्याउने पहल भएको थियो । द ग्लोबल एलायन्स...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, १७ साउन-नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । हाल कच्चा तलेको मूल्य, डलरको विनिमय दर तथा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त खरिद मूल्य वृद्धि भएकाले पेट्रोल, डिजेल र मटितेलको मूल्य समायोजन गरेको निगमले...

ओलीद्वारा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष केपी ओलीले उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा समर्थनको प्रस्ताव गरेका छन् । नेता ईश्वर पोखरेलमार्फत ओलीले उपाध्यक्ष गौतमलाई समर्थनको प्रस्ताव गरेका हुन् । उपाध्यक्ष गौतमलाई...

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतना मुलक कार्यक्रम

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’...

मुलुक र जनताको रक्षामा नेपाल प्रहरी : मुख्यमन्त्री आचार्य

विराटनगर, २० असोज -प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मुलुक र जनताको रक्षामा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । प्रहरी दिवसको अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा आज यहाँ आयोजित...

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन

विराटनगर, ३ साउन–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाएका छन् । हरेक साताको शनिबार उनले मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न...

नागरिक सहायता कक्षलाई प्रभावकारी बनाउँछु : डिआइजी बास्तोला

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरिय सेवा प्रवाह गरी पीडित, गरिब, असहाय हरुलाई प्राथमिकताका साथ प्रहरी सेवा प्रदान गर्ने बताएका छन् ।विराटनगरमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा...

एमाले महाधिवेशन : संखुवासभाबाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर, २८ कात्तिक ।आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभाबाट १४ जना महाधिवेशन प्रनिनिधि सर्वसम्मत चयन भएका छन् । खुलातर्फ आठ जना, महिलातर्फ चार महिला र दलित तथा पेशागत महासंघबाट एक/एक जना  गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्