एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

 न्यूज विराट
एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् ।

पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै प्रदेशको नाम नै फेर्नु परेपनि एमालेको साथ र समर्थन बिना त्यो सम्भव नहुने उनले बताए । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले पत्रकार महिलाका लागि विराटनगरमा आयोजना गरेको संसदीय रिर्पोटिङ सम्बन्धी तालिम समापनमा बोल्दै राजभण्डारीले भने, ‘हामीले समिति बनाएर पहिचानवादीलाई वार्तामा बोलायौं तर उहाँले त्यसलाई बेवास्ता गर्दै उल्टै सांसददेखि नेताहरुलाई आक्रमण गर्ने कार्य गर्नुभयो । सरकार वार्ताद्वारा समस्या समाधान गर्न गम्भीर भएर समिति बनाएको हो ।’

नामकरणका बेला सबै दलले समर्थन जनाई कोशी प्रदेशमा मतदान गरेको त्यसपछि पनि कोशी कार्यान्वयनमा लैजान त्यही वहुमतबाट सदनमा पारित भएको भन्दै कतिपय दलले दोहोरो चरित्रसमेत देखाएको आरोप लगाए । ‘कोशी कार्यान्वयनमा लैजाने बेलासमेत संसदमा कसैले हुँदैन भन्नु भएन । अहिले कोशी लेखेको ‘साइनबोर्ड’ मेट्ने र आक्रमण गर्ने काम भएको छ । सरकारले वार्ता टोली बनाएको छ तर ढुंगामुढा गरिरहँदा कसरी हुन्छ वार्ता रु वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हुन्छ रु पुनःनामकरण एमाले नभई संशोधन नहोला नी रु,’ उनले भने, ‘हामी भन्छौं असन्तुष्ट जाहेर गर्ने दुइ जिब्रे कुरा नगरौं । छलफल गरौं टुंगो लगाउँ । यस्तै स्थिति भए वार्तामा टोली बनाएर आउनुहोस् । एमाले नफकाए नाम संशोधन हुँदैन किनकी पुनः नामकरणका लागि पनि एमालेले मत नदिउन्जेल दुई तिहाइ पुग्दैन ।’ उनले सरकार अल्पमत परेपनि विश्वास मत लिने समयसम्म अभिछिन्न काम गर्न पाउने संविधानतः प्राप्त अधिकार भएको उनले बताए ।

आफूहरु संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अघि बढ्ने ३० दिनभित्र विश्वासको मत लिने बताए । गठबन्धनले बहुमत पुर्याएर सरकार बनाउँदा कुनै आपत्ती नहुने भन्दै उनले कानुन सम्मत सरकार छाड्ने र नयाँलाई स्वागत गर्ने सुनाए । लामो संघर्षपछि प्राप्त गणतन्त्र र संघीय व्यवस्था प्रति नै नकारात्मक धारणा बन्ने गरी आन्दोलन गर्न नहुने उनले पहिचानवादीलाई सुझाव दिए । संविधान र कानूनी प्रावधानकै आधारमा सहमतिमा नाम परिवर्तन हुनपनि सक्ने उनले बताए । त्यसका लागि वार्ता र छलफल आवश्यक भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या...

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम (फोटो फिचर)

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरी सँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीक बिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरी...

आफु बन्न नपाएपछि पूर्वप्रधानमन्त्री छटपटाए : मन्त्री कर्ण

काठमाडौं, जेठ ३१। भूमि सुधार व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले नेपालमा कुनै विदेशीको हस्तक्षेप नभएको बताउनुभएको छ । पाँचपुर्व प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीमा असन्तुष्टि जनाउँदै मन्त्री कर्णले भन्नुभयो, आफु एकपटक प्रधानमन्त्री भईसकेपछि...

कोरोना भाइरसको महामारीकाबीच पर्यटकका लागि दुबई खुल्यो

एजेन्सी, असार २३-कोरोना भाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । कुवेतका ठुलठूला सपिङ मलमा फ्रान्सेली फुटबल टिमका जर्सीदेखि अनेक सामानको किनबेच हुन...

एमालेलाई भोट माग्ने अधिकार छैन : काँग्रेस नेता आचार्य

विराटनगर । नेपाली काँग्रेसका नेता महेश आचार्यले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।मोरङको क्षेत्र नं. ४ मा पर्ने कटहरिमा चुनावी सभामा सम्बोधन गर्दै नेता आचार्यले पटक – पटक संसद्लाई भत्काउनेलाई भोट...

आयल निगमले सुरु गर्यो अनलाइन सेवा

काठमाडौं, साउन ६ । नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण...

प्रदेश १ का मुख्यमन्त्री राईले कात्तिक ३० गते विश्वासको मत लिने

विराटनगर, २८ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी कात्तिक ३० गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार प्रदेश सरकारको तर्फबाट उनले प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिनेसम्बन्धि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्