फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

 न्यूज विराट
फलामले घोचेर घाइते पारी टिपरले किचेर दीलिपको हत्या

जनकपुर, पुस २७–शुक्रबार बिहान हत्या गरिएका धनुषाका दिलीप भन्ने ओम प्रकाश महतोको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गएराति पत्रकार सम्मेलन गरी ४ जनालाई सार्वजनिक गरेको छ । दिलीप हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको लिभरले कोंखामा घोचेर घाईते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ। धनुषाको मिथिला नगरपालिका–५ का राम जीवन महतोका २४ वर्षीय छोरा दिलीप खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खबर पाएलगत्तै रोक्न गएका थिए ।

उनलाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा त्यही खोलामा संचालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालक २७ वर्षीय विपिन कुमार महतो, ट्रिपर चालक महोत्तरी बर्दिवास नगरपालिका–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका–२ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको पत्रकार सम्मेलनमा धनुषाकाप्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले जानकारी दिएका छन् । दिलिपको शुक्रबार बिहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो । भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलीप १६ पुसमा घरविदामा आएका थिए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्