थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

 न्यूज विराट

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १० औं जिल्ला  कार्य समितिको अधिवेशन  भेला रोक्न उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधिश सत्यमोहन जोशी थारुको इजलासले आज सो आदेश दिएको हो ।

जिल्ला सभा आयोजना  नगरेको  र आर्थिक हिसाव किताव पारदर्शी नभएको, लेखा परीक्षण नगरिएको भन्दै थारु कल्याण्कारिणी सभाका सचिव जागेश्वरप्रसाद विश्वासले थारु कल्याण कारिणी सभाका जिल्ला सभापति प्रदीपकुमार भगत विरुद्ध उच्च अदालत विराटनगरमा अन्तरिम आदेशको माग गर्दै निवेदन दिनु भएको थियो । उच्च अदालत विराटनगरले १५ दिन भित्र विपक्षीमा नाउँमा लिखित जवाफ पेश गर्न आदेश गरेको छ । अदालतले दिएको आदेशमा जेठ २२ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । 

अदालतको आदेशमा भनिएको छ,‘ जेठ १९ र २० गते गर्ने भनिएको थारु कल्याण कारिणी सभा जिल्ला कार्य समिति मोरङको दशौं अधिवेशन सो अवधि सम्म नगर्नु नगराउनु ।’ उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ । 

नियमपुर्वक वडा अधिवेशन गर्न ५० वटा रसिद बाड्नु पर्ने, गाउँ र नगरसभा गर्न दुई सय रसिद बाँड्नुर्ने विधानमा व्यवस्था भएपनि सो पालना नगरि जिल्ला  अधिवेशन आयोजना गर्न लागिएपछि उच्च अदालतमा निवेदन दिईएको सचिव विश्वासले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो,‘ जिल्ला सभाबाट आन्तरिक र सामाजिक लेखापरीक्षण, सम्पूर्ण सम्पत्तिको अभिलेखकरण, सम्पूर्ण सदस्यहरु एवं केन्द्रीय पार्षदहरु छलफल  हुनुपर्ने र  सभाबाट अनुमोदन पश्चात जिल्ला अधिवेशन हुनुपर्ने माग हो ।’ जिल्ला सभापतिले दशौं अधिवेशन नियम पूर्वक नगरेको पाईएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार विश्वासले बताउनुभयो ।

सम्बन्धित समाचार

सुनको मूल्य १ लाख नाघ्यो

काठमाडाैं, २१ साउन-बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ...

कोरोना सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान

भद्रपुर, २ चैत–कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

ब्राउन सुगरसहित दुइ पक्राउ

विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...

विराटनगर महानगरमा सफाई विशेष अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर सरसफाई विशेष अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, स्वच्छ र हराभरा बनाउने उद्देश्यसहित महानगरले हरेक शुक्रबार सरसफाई विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार विराटनगर वडा नम्बर...

विराटनगरबाट ४० लाख मूल्य बराबरको सामान बरामद

विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्