मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा
बिहिबार, ११ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीहरू पेसेवर चोरीमा संलग्न गिरोह रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले ३ जेठमा राती ९ः४५ बजे विराटनगर ३ पिपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन, ३६ केजी चाँदी चोरी गरेको आरोप छ । चोरी गरेको एक हप्तापछि चाँदी बिक्री गर्न भारत लैजाने क्रममा प्रहरीले उनीहरूलाई विराटनगर १२ कोशीप्रोजेक्टबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट ३६ केजी चाँदी, आठ ग्राम सुन, २ हजार ५ सय भारु १ हजार ७३० नेरु बरामद गरेको छ । चोरी गरेको २० तोला सुन भारतको जोगवनीमा बिक्री गरेको पक्राउ परेका प्रतिवादीहरुले बयानको क्रममा प्रहरीलाई बताएका छन् । उनीहरुले भारतको जोगवनीमा ७ लाखमा वेचेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए । बरादम गरेको चाँदी, सुन र पक्राउ परेका आरोपीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । चोरीको जानकारी पाउन साथ सुक्ष्म अनुसन्धान गरी चोरीमा संलग्नसमक्ष पुग्न सकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका समूहले २० तोला सुन र ३६ तोला चाँदी १५ मिनेट भित्रमा चोरेर फरार भएको अनुसन्धानबाट खुलेको एसपी पोखरेलले जानकारी दिए । ‘घरको ढोका फोरेर भित्र प्रवेश गरेको १५ मिनेट भित्रमा चोरेर सुन र चाँदी ब्यागमा हालेर फरार भएको खुलेको छ,’ उनले भने, ‘त्यसपछि चोरी गरेको सामान ब्यागमा हालेर तीनै जना प्रतिवादीहरु हाटखोला स्थित दिव्यरत्न होटेलमा ३ दिन बसेको खुलेको छ ।’
पक्राउ परेका तीन जना प्रतिवादी चोरी गर्ने घरका छिमेकी हुन् । उनीहरुले पहिलादेखि घर रेकी गरेर कोही नभएको मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ । ‘चोरीमा पक्राउ परेका प्रतिवादीहरू अरु चोरीको घटनामा पनि संलग्न रहेको हुनसक्न भएकोले हामीले त्यस विषयमा पनि अनुसन्धान सुरू गरेका छ,’ एसपी पोखरेलले भने । पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । विवेक कामत चोरी मुद्दामा यसअघि २०७९ साउन २२ गते देखि ९ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए । श्रिकान्त दास डाँका चोरी मुद्दामा २०७७ पुस २९ गते २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए । कारगारबाट कैद भुक्तान गरेपछि उनीहरु पुरानै धन्दामा लागेको पाइएको छ । एसपी पोखरेलले चोरीको घटना बढेकोले सुरक्षा सावधानी अपनाउन सर्वसाधरणलाई आग्रह गरे । सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरु नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको सवारी धनीपनि सचेत हुनुपर्ने उनले बताए ।
विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...
विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय...
विराटनगर, १५ फागुन । सुनसरी रामधुनी नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते...
काठमाडौं, ३ भदौ-काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरू कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदी त्यसो...
विराटनगर, असार २७–दक्षिण एशियाकै दोश्रो ठुूलो रथयात्रा मानिएको विराटनगरको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ननिकालिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आयोजक समितिले रथयात्राको ५३ औं संस्करण स्थगन गरेको हो । प्रत्येकबर्ष श्रीकृष्ण जन्माष्टमीको...
काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...
सप्तरी, १९ साउन-सामुदायिकस्तरमा कोरोनाको संक्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलिदेखि ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला...
कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...