विराटनगर । खानेपानीको संरक्षण र समोचित उपयोगका लागि उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयकको मस्यौदामाथि सोमबार विराटनगरमा भएको छलफल कार्यक्रममा सरोकारवालहरुले यस्तो बताएका हुन् । छलफलका क्रममा जलवायु परिवर्तनका कारण खानेपानीको मुहान सुक्दै गएकाले खानेपानीको संरक्षण र सुमचित उपयोगका बारेमा खानेपानी उपभोक्ता तथा सरोकारवालाहरुको सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले सुझाव दिए । खानेपानीको स्रोतलाई प्रदुषण हुन नदिन, पानीको स्रोत नष्ट र लोप हुनबाट बचाउन नागरीक सचेतना अभियान ग्रामीण क्षेत्रसम्म पुगाउनु पर्ने सरोकारवालाले सुझाएका हुन् । यसैगरी प्रयाप्त बजेट नभएका कारण आधारभूत तहको मात्र खानेपानी सबैतिर पु¥याउन सरकार लागेको खानेपानी, सिचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंहले बताए । बजेट प्रर्याप्त नभएका कारण एउटै निकायले मात्र खानेपानी सञ्चालन गर्न गाह्रो भएकोले दातृनिकायहरुसँग सहकार्य गरेर आयोजनाहरु सञ्चालन गरेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै कोशी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बुले कोशी प्रदेशमा खानेपानीको समस्या जटिल रुपमा रहेको बताउँदै अब बस्ने प्रदेश सभाको बैठकमा कोशी प्रदेश खानेपानी तथा सरसफाई विधेयक छलफलका लागि प्रस्तुत गरी ऐन मार्फत स्वच्छ, शुद्ध र गुणस्तरीय खानेपानी सबै घरधुरीमा पु¥याउने बताए । धरानको खानेपानीको समस्याको बारेमा प्रदेश सरकारको ध्यान गएकाले यसपटक आउने नीति तथा कार्यक्रम मार्फत दिर्घकालिन समाधान गर्ने बताए ।
विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित प्रहरीले कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको हो । गाँजा लोड...
संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...
काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...
नेपाल राष्ट्र बैंकले दसैँको मुखमा सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने गरेको छ । गत वर्ष अर्थात २०७७ को दसैँमा कोरोना महामारीको कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यस वर्ष भने दसैँ आउनुभन्दा तीन...
काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...
विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीबिच छलफल भएको छ...
काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) अनौपचारिक छलफलमा जुटेको छ । बलात्कार जस्तो गम्भीर मुद्दा परेकाले उनलाई टिममा राखिराख्ने वा निलम्बन गर्ने विषयमा क्यानमा छलफल...