भारत तस्करी हुन लागेको दुई बोरा गाँजासहित कार बरामद
मङ्गलबार, ११ असार, २०८१,
न्यूज विराट
विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित प्रहरीले कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको हो ।
गाँजा लोड गरिएको बा १६ च ६०५४ नम्बरको रातो कार र एउटा मोटरसाइक पनि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका एसपी विश्व बन्धु खड्काले जानकारी दिए । दुई वटा बोरामा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको हो । बिओपी भुटहाका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहाल नेतृत्वको टोलीले सोमबार राती विराटनगर १८ दमादिगी बस्तीबाट गाँजा बरामद गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा गाँजा बरामद गरेको छ । ‘प्रहरीलाई देखेपछि गाँजा तस्करीमा संलग्न फरार भए । फरार भएकाहरुको खोजी कार्य तिव्र बनाएको छ,’ एसपी ख्डकाले भने । थप कारवाहीको लागि बरामद गरिएको गाँजा र सवारी साधान इलाका प्रहरी कार्यालय रानी विराटनगरमा राखिएको छ । यसअघि पनि बिओपी भुटाले तस्करीको ठूलो परिमाणको गाँजा बरामद गरेको थियो । केही दिन अगाडी भारत तस्करी हुन लागेको १७६ केजी गाँजा जहदा गाउँपालिका २ बाट बरामद गरेको थियो । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटालगायत पहाडी जिल्लाहरुबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।
प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का विषयमा देशवासीका नाम सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा भइरहेको तयारीबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको सम्बाेधनकाे पूर्ण पाठ आदरणीय...
पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...
पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् । उनले क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा...
विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...
काठमाडौं, ६ कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २ सय ५५ को पीसीआर गर्दा आज ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टि...
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको...
काठमाडौँ, ७ कात्तिक-आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...
बृहत् नागरिक आन्दोलनले 'संविधान संशोधन मार्च' गर्ने भएको छ । नेपालको संविधान जारी भएको दिन (असोज ३) को अवसरमा उक्त मार्च गर्न लागिएको बताइएको छ । बृहत् नागरिक आन्दोलनले उक्त मार्चमा सहभागी हुन सबैपक्षलाई आह्वान गरेको...