शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज - News Birat

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

न्यूज विराट
काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४५ सय जना निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।

अहिले ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म १५ लाख १७ हजार ३ सय ४३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles