आइटिएफ तेक्वाण्डो विभाग गठन : संयोजकमा अन्जना, उपप्रमुखमा चतुरलाल
आइतबार, ०७ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो ।
आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी (रमेश), सचिबमा जीतन थापा रहेका छन् । सदस्यहरुमा निर्मला गुरूङ्ग, दिलमाया गुरूङ्ग, कोशन महासेठ, प्रभुदेव शिवाकोटी, सपुत तामाङ्ग, तुलसी सुवेदी, प्रमिला खत्री, सार्थक पोखरेल, प्रेम चौधरी, ओम श्रेष्ठ, हेम सुनवार, धनबहादुर लकान्त्री रहेका छन् ।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकाडेमीका उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तुलसी मैनाली, मदन भण्डारी एकाडेमीका उपमहासचिब मदन उप्रेती, आइटिएफ तेक्वाण्डोका उपाध्यक्ष प्रविण कुमार कार्की, मदन एकाडेमीका केन्द्रीय सदस्य नारयण प्रसाद बराललगायतको उपस्थती रहेको थियो ।
कार्यक्रममा आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटीले खेलाडीको विकासमा आइटिएफ तेक्वाण्डो विभाग लागि पर्ने बताइन् । उनले खुेलकुद क्षेत्रको विकासमा गठन भएको विभाग लागि परेर अगाडी बढने बताइन् ।
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....
विराटनगर । नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा रञ्जीत भगत चयन भएका छन् । मञ्चको १९ औं साधारणसभाले भगतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा सुमन भट्राई, द्वितीय उपाध्यक्षमा संजीव...
विराटनगर । विराटनगरमा जारी चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पहिलो हाफमा १–१ गोलको बराबरी भएको छ ।विराटनगर जुट मिलको खेलमैदानमा जारी फाइनल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र पेमा युवा क्लब...
जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...
विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज...
विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...
विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...
वीरगञ्ज, १७ वैशाख-नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो । आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा...