विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

 न्यूज विराट
विराटमा आङ खस्ने महिलाको निःशुल्क उपचार : शल्यक्रियापछि विरामी भन्छन्, ‘पुनर्जीवन पायौं’

विराटनगर । कोशी प्रदेश सरकारले आङ खस्ने महिलाको उपचार निःशुल्क सुरू गरेको छ । पहाडी र तराइको जिल्लाको ग्रामिण क्षेत्रमा आङ खस्ने रोगको समस्याले महिलाहरू ग्रसित भएपछि प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरू गरेको हो ।

तराइको जिल्लाहरुलाई लक्षित गरी वैशाख २२ गते विराटनगरस्थित विराट नर्सिङ होममा सम्झौता गरेर आङ खस्ने महिलाहरुको निःशुल्क उपचार गर्न सुरू गरेको प्रदेश स्वास्थ्य निर्देशानलयका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

स्वास्थ्य प्रदेश निर्देशानलय सँग सम्झौता गरेपछि विराट नर्सिङ होमका स्वास्थ्यकर्मीहरु गाउँ–गाउँमा गएर स्क्रीनिङ्ग गर्ने र आङखस्ने समस्या भएका विरामीलाई हस्पिटलमा ल्याएर निःशुल्लक शल्यक्रिया गर्ने अभियान सुरू गरेको उनले बताए । ‘प्रदेश सरकारसँगको सहकार्य गरेर यो अभियान सुरू भएको हो,’ उनले भने, ‘एक वर्षसम्म आङ खस्ने महिलाहरुको विराटमा निःशुल्क शल्यक्रिया हुने गरेको छ ।’
विराट नर्सिङ होममा आङखस्ने महिलाहरुको उपचार गर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिहं कार्कीसहितको १० जनाको टिम रहेको छ । एक जना विरामीको शल्यक्रिया गरी उपचार गरेको १२ हजार ५ सय रुपैयाँ विराटले पाउने उनले बताए । शल्यक्रिया गरेपछि डिर्चाज हुने हिमाली जिल्लाका महिलाले १ हजार पाँचसय, पहाडी जिल्लाकाले १ हजार र तराइकाले पाँच सय रुपैयाँ यातयता खर्च पनि पाउने उनले बताए । विराट बाहेक धनकुटा, तेह्रथुम, उदययुर र मेची अस्पतालमा पनि आङ खस्ने विरामीको उपचार हुने गरेको उनले बताए ।

उपचार पाएका विरामी भन्छन्, ‘नयाँ जीवन पायौ’
सुनसरीकोको चकरघटीकी ३६ वर्षीया कल्पना भारतीले विराटनगरस्थित विराट नर्सिङ्ग होममा पाठेघरको शल्यक्रिया गरेपछि स्वास्थ्य हलुङ्गो भएको महसुस गरेकी छिन् ।
‘पाठेघरको शल्यक्रिया गरेपछि हलुको भो । रोगले थला पा¥यो,’ शल्यक्रियापछि उनले आफ्नो पीडा अनुभव बाँडिन्, निःशुल्क शल्यक्रियापछि अहिले स्वास्थ्य हलुका भएको महसुस गरेको छु ।’
पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित भएको उनले सुनाइन् । ‘लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेकी थिएँ । न पटक–पटक गाउँघरमै पुग्ने स्वास्थ्यकर्मीलाई यस्ता समस्याले ग्रसित पार्दै गएपछि थला परेकी हुँ,’ शल्यक्रियापछि उनले भनिन्, ‘उपचारपछि स्वास्थ्य सहज अनुभव भएको छ । पाठेघर खस्ने समस्याले सार्वजनिक भेलामा जानसमेत समस्या हुन्थ्यो, अब सहज छ ।’

सुनसरी इनरुवा ७ की ६४ वर्षीया जलेश्वरी देवी खत्रीको पनि पाठघेरको शल्यक्रिया २४ वैशाखमा गरिन् । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माई पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा वर्षैदेखि कष्टपूर्ण जीवन व्यतित गर्नुपर्यो । पाँच सन्तानकी आमा खत्रीको विराट नर्सिङ होममा पाठेघरको सफल शल्यक्रियापछि उनले पुनर्जीवन पाएको महसुस गरेकी छन् ।

खत्री र कल्पना जस्तै पाठेघरको समस्या भएकी सुनसरी भोक्रहाकी ८५ वर्षीया खुसीदेवी मेहताले लाजले गर्दा उपचारका लागि स्वास्थ्य संस्था नगएको बताइन् । तर गाउँ नजिकै केही समयअघि स्वास्थ्य शिविर बसेको र त्यहाँ महिला डाक्टर आएका छन् भन्ने थाहा पाएपछि उनले उपचार गराइन् । १६ वर्षकै उमेरमा विवाह गरेर १८ वर्षको उमेरमा बच्चा जन्माएकी मेहता ५ सन्तानकी आमा हुन् ।’ उनले लाजले गर्दा लामो समयसम्म कसैसँग आफ्नो समस्या नसुनाएको बताइन् । ‘पीडा सहेरै बसेकी थिएँ, केही समयअघि गाउँमा शिविर आएको थाहा पाएपछि उपचारका लागि त्यहाँ गएँ’, उनले भनिन्, ‘डाक्टर साबले रिङ प्रेसरी राखिदिनुभएको छ, त्यसले पनि ठीक नभए अप्रेसन गरेर फाल्नुपर्छ भन्नुभयो, अहिले केही बिसेक भएको छ ।’ आफ्नो गाउँका धेरैजसो महिलालाई आङ खस्ने समस्या रहेको उनले बताइन् ।

चिकित्सककाअनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ । तराइको ग्रामिण र पडाडी जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिला यस्तै अवस्थाबाट गुज्रने गर्छन् ।
स्क्रिनिङ्ग गरेर गरेर आएका ३५ वर्षदेखि ८५ वर्ष उमेरसम्मका महिलाको शल्यक्रिया गरिएको छ ।
तीन डिग्री खसेको महिलाहरुको शल्यक्रिया गरिनुपर्ने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रेरणा दाहालले बताइन् । गर्भवती अवस्थामा आराम नगर्ने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने, कडा परिश्रम गर्ने, गह्रौं भारी बोक्ने र धुम्रपानलगायतका कारण पाठेघर खस्ने डा. दाहालको भनाइ छ । दुर्गम क्षेत्रका महिला योे समस्याबाट धेरै पीडित रहेको उनले बताए । ‘पीडित महिला पति, सासु,ससुराको डर तथा छिमेकीको लाजले यति ठूलो समस्यालाई लुकाएर बस्दै आएको पाइएको छ । आफ्नो समस्या पतिलाई समेत व्यक्त गर्न नसक्ने कस्तो लाज, डर होला ?’, डा. दाहाले भनिन् ।
पाठेघर खस्ने समस्याका तीन चरणमध्ये पहिलो अभ्यास गर्ने, दोस्रो रिङ प्रेसरी राख्ने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनले बताइन् । अंग बाहिर निस्केपछि फोहर तथा घर्षणले फुल्न गई संक्रमण हुँदा शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

सम्बन्धित समाचार

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले...

मनसुनपछि देशभर ८५ जनाको मृत्यु, ४६ बेपत्ता

काठमाडौं, २९ असार-सरकारले यस वर्षको मनसुन सुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ ।प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका...

जगदम्बा कारखानामा आगलागी हुँदा २ भारतीय मजदुरको मृत्यु

बारा, ५ असार । बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा शनिबार राति पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको...

क्वारेन्टाइनबाट फर्किएकामा देखियो कोरोना संक्रमण

जनकपुर, १६ वैशाख-रौतहटको दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार दुबैको काठमाडौंको...

दिल्ली हिंसा : कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न निर्देशन

काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...

क्रिकेटका ‘भीष्मपितामह’ नरेश श्रेष्ठको निधन

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । समुदायस्तरमा तिब्र संक्रमण फैलँदै जान थालेपछि महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्