ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

 न्यूज विराट
ब्रिज कोर्ष गर्ने विद्यार्थी भन्छन्, ‘व्यवस्थापन मेरील्याण्डमा पढ्ने ’

विराटनगर । सप्तरी राजविराजका गौतम साहले यस वर्ष एसईईको परीक्षा दिएपछि विराटनगरमा ब्रिज कोर्ष गर्दैछन् । उनी पास हुनेमा ढुक्क छन् । तेही भएर ब्रिज कोर्ष गरेका हुन् । उनले कक्षा ११ मा के विषय लिएर पढेन ? त्यो पनि तय गरिसकेका छन् । उनले कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययन गर्ने योजना रहेको सुनाए ।


‘विराटनगरमा गुणस्तरीयसँगै व्यवस्थापन संकायम मात्र पढाइ हुने एक मात्र कलेज हो, मेरिल्यण्ड । त्यसैले ब्रिज कोर्ष गरेपछि यही कलेजमा अध्ययन गर्ने योजना बनाएको छु,’ उनले मेरील्याण्ड रोजाइमा पर्नुको कारणले खुलाउँदै भने, ‘सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो कलेज व्यवस्थापन संकायम पढनको लागि मेरो मात्र होइन् धेरैको पहिलो रोजाइमा पर्ने गरेको छ ।’

यसरी व्यवस्थापन संकायको लागि मेरिल्याण्ड रोज्ने विद्यार्थी गौतम मात्र होइन् । अहिले विराटनगरको अरनिको, शिक्षादीप, विकेभिएम जेन्टजेभियरलगायतका शैक्षिक संस्था संचालन गरेको ब्रिजकोर्ष सञ्चालन गर्दै आएका छन् । यी शैक्षिक संस्थाले संचालन गरेको बिज्रकोर्षमा करिव १५ सय भन्दा बढी अध्ययरत छन् । बिज्रकोर्ष गर्ने विद्यार्थीहरुको पहिलो रोजाइ विज्ञान तथा व्यवस्थापन विषय पढने बताउँछन् ।

व्यवस्थापन संकाय लिएर बिज्रकोर्ष गर्दै गएका विद्यार्थीबीच गरेको सर्वेक्षणमा कक्षा ११ मा व्यवस्थापन विषय कहाँ पढने ? भनेर सोध्दा करिब ९५ प्रतिशत विद्यार्थीहरूको पहिलो प्राथमिकता मेरिल्याण्ड कलेज रहेको पाइएको छ । उनीहरुलाई मेरिल्याण्ड नै किन पहिलो रोजाई ? भनेर सोध्दा उनीहरूको प्रतिक्रिया थियो, ‘मेरिल्याण्मा व्यवस्थापन संकाय मात्र पढाइ हुने भएकाले विद्यार्थीलाई विशेष ध्यान दिने र राम्रो म्यानेजमेन्ट र नेपालमै सधैँ टप टेन पोजीसनमा आउने र प्रसस्त क्यारियर डेभलोपमेन्ट अवसर भएकोले हाम्रो पहिलो राजाईमा मेरिल्याण्ड परेको हो ।’

विराटनगरमै राजधानी स्तरको पढाई हुने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका विद्यार्थीहरुको व्यवस्थापन पढाईको लािग पहिलो रोजाई मेरिल्याण्ड बनेको छ । मेरिल्याण्डप्रति नै कीन क्रेज बढेको ? भन्ने प्रश्नमा मेरिल्याण्का प्रिन्सीपल लक्ष्मण ढकालले विद्यर्थीहरुलाई हामी विशेष ध्यान दिने र कमजोर विद्यार्थीहरुलाई विशेष कोचिङको व्यवस्था पनि गर्ने र विद्यार्थीहरुको चौतर्फि विकासको लागि सदैव लगिरहने भएकोले मेरिल्याण्डप्रति क्रेज देखिएको बताए । प्रिन्सिपल ढकालले भने, ‘मेरील्याण्ड पढेर गएका विद्यार्थीहरुले देश विदेशमा हासिल गरेको सफलता नै हो । यहाँबाट पासआउट भएका विद्यार्थी विभिन्न ओहदामा पुगेका छन् । समयको माग अनुसारको शिक्षा, विद्यार्थीको उन्नयनको लागि सधै नयाँ योजना ल्याउनुले पनि मेरिल्याण्ड अग्रणी संस्था बन्न सकेको हो ।’

मेरिल्याण्डबाट पास भएर गएका विद्यार्थीहरु नेपालका उत्कृष्ट सूचीमा पर्ने सरकारी तथा प्राईभेट सबै बैंकहरुमा कार्यरत छन् । त्यस्तै आफ्नै व्यापार व्यवसाय गरेर बसेकाहरु पनि छन् । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अवसरको प्रचुर सम्भावना रहेको यो कलेज हाल पनि काठमाडौं बाहिरका उत्कृष्ट कलेजमा पर्दछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरु रहनु पनि यो कलेजको सफलता हो ।
कक्षा १२ की छात्रा बन्दना यादवले गुणस्तरीय शिक्षाको कारणले मेरिल्याण्ड रोजाइमा परेको बताए । ‘मलाई लाग्छ मेरिल्याण्ड सफल हुनमा प्रिन्सीपल सरले विद्यार्थीहरुसँग राखेको वान टु वान रिलेसन नै हो,’ उनले भनिन्, ‘एसइइ दिएर बसेका भाई बहिनीहरुलाई आँखा चिम्लेर मेरिल्याण्ड जान सुझाव दिन्छु ।’

मेरिल्याण्डकी छात्रा दीया अग्रवालले गत वर्ष २०७८ सालको कक्षा – १२ को वार्षिक परीक्षामा ३. ९६ जिपिए ल्याई नेपाल प्रथम भएको कारणले पनि यो कलेजमा विद्यार्थीको रोजाइ पर्ने गरेको विद्यर्थाीहरु बताउँछन् ।

सम्बन्धित समाचार

आइसोलेसनबाट फरार महिला प्रहरीको नियन्त्रणमा

जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...

सीमानाकाबाट नेपाल भित्रिने सबैको कोरोना परीक्षण गराउन मन्त्रालयको आग्रह

काठमाडौं, १७ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमानाकाबाट नेपाल भित्रिने नागरिकको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न आग्रह गरेको छ । धेरै ठाउँमा भारतबाट आएका व्यक्तिहरूलाई परीक्षण नगरी घर पठाउने गरेको पाइएकोले त्यस्तो नगर्न...

सुनको मूल्य १ लाख नाघ्यो

काठमाडाैं, २१ साउन-बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै छापावाल सुन आज प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ...

रंगेलीका मेयर बगडीया पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य नियुक्त

विराटनगर । रंगेली नगरपालिकाका विकासप्रेमी मेयर दलिप बगडीया पूर्वाञ्चल विश्व विद्यालय सभा सदस्यमा नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेयर बगडीयालाई गत वैशाख १२ गते विश्वविद्यालय सभाको सदस्यमा नियुक्त गरेका हुन् । पूर्वाञ्चल...

अफगानिस्तानबाट भाग्न जहाजको पांग्रामा झुण्डिएका दुई जना खसे

तालिबान लडाकुले अफगानस्तिान कब्जा गरेसँगै काबुलस्थित हमिद कारजाई विमानस्थलको स्थिति भयावह भएको छ । विमानस्थलमा कुनै सिस्टमबिना जहाज चढ्नेहरूको भिड बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमान चढ्न नपाएपछि पांग्रामा झुण्डिएका दुई जना खसेको भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र...

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...

रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति मनाइयो

विराटनगर । रामप्रसाद रेग्मीको ११८ औं जन्मजयन्ति बिभिन्न कार्यक्रम गरी मनाएको छ । रामप्रसाद–जमुना रेग्मी स्मृति प्रतिष्ठान विराटनगर–४ मा विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ति मनाएको हो ।संस्थाका प्रमुख संरक्षक बिश्वराज रेग्मीको अध्यक्ष्यतामा भएको कार्यक्रमको उद्घाघटन...

प्रदेश १ सरकारले कोरोना खोपको दुरुपयोग गर्याेः कांग्रेस

विराटानगर, ९ जेठ । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले खोपको दुरुपयोग गरेको आरोप लगाएको छ । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोपको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्