वन नियमावली छिट्टै जारी गरिन्छ : मन्त्री जीवन आचार्य

 न्यूज विराट
वन नियमावली छिट्टै जारी गरिन्छ : मन्त्री जीवन आचार्य

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ ।

प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा फिल्डमा ऐन कार्यान्वयनमा बाधा परेको र संघीय वन, नियमावलीमा अस्पष्ट भएका विषय प्रदेशमा बन्ने नियमावलीमा स्पष्ट पारेर नियमावली जारी हुने मन्त्री जीवन आचार्यले बताए ।

जिल्ला स्तरमा ऐन कार्यान्वयमा भएका विविध समस्याका सन्दर्भमा उपभोक्ता समूह तथा मातहतका कार्यालयबाट सुझाव आएकाले नियमावली निर्माणमा ढिलाई गर्न नहुने उनले बताए । आचार्यले सुझाव तथा समस्या समाधानका लागि मन्त्रालयले सदैव तत्पर रहेको र आफ्नो कार्यकालमा ऐन, नियमावली, निर्देशिका लगायतका नीतिगत तहबाट हुने काममा आफूले पहलकदमी लिने बताए ।

वैज्ञानिक वन कार्यविधि खारेजी पछिको समस्या, नदिजन्य वस्तुको व्यवस्थापन, ढलापडा काठ दाउरा व्यवस्थापन तथा पुराना घरको काठ स्थानान्तरण लगायतको विषय नियमावलीमा उल्लेख हुनेछ ।

२०७७ सालमा जारी भएको प्रदेश वन ऐनले हालसम्म पनि नियमावली नबन्दा यसको कार्यान्वयन हुन सकेको छैन । छलफलमा मन्त्रालयका सचिव डाक्टर सञ्जिव कुमार राई, वन निर्देशक धनन्जय लामिछाने, १५ वटै डिभिजन वन कार्यालयका प्रमुख एवम् वन वातावरणका क्षेत्रमा काम गर्ने कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीलेतको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढेको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेकाले मूल्य...

सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

विराटनगर, माघ २६–विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । सम्बन्धमा तिक्तता आएपछि सप्तरी घर भएका २५ बर्षिय सुरेन्द्र साहले उनको हत्या...

सुनसरी एमालेको बिवाद मिल्यो, सर्वसम्मत छानिए ४२ जना महाधिवेशन प्रतिनिधि

सुनसरी, मंसिर ४ । – नेकपा एमाले सुनसरीले केन्द्रीय महाधिवेशन प्रतिनिधि टुङ्गो लगाएको छ । धेरै जना आकाङ्क्षी भएपछि निर्वाचन गर्ने तयारी थियो । तर, अन्य जिल्लामा सहमतिअनुसार नै प्रतिनिधि चयन भएपछि सुनसरीमा पनि सहमतिमा नै...

मुख्यमन्त्री राईद्वारा सहिद दिवसको शुभकामना

विराटनगर, माघ १६–प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूति दिने...

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

बुटवलमा ओली समूहले निकाल्‍यो मोटरसाइकल र्‍याली

नेकपाको ‌ओली समूहले बुटवलमा मोटरसाइकल र्‍याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्‍याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ । बुटवलको चौराहबाट सुरु भएको र्‍याली मिलनचोक, बसपार्क,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्