कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

 न्यूज विराट
कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो ।

काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने उद्देश्यले जनप्रतिनधी र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । कार्यपालिका सदस्य २, वडा सदस्य २८, स्वयंसेविका २७ जनालाई साइकल वितरण गरिएको छ । उनीहरूलाई जनही ७ हजार ३ सय ४४ रुपैयाँ मुल्य बरावरको साइकल वितरण गरिएको छ । जम्मा ४ लाख ११ हजार २ सय ६४ रुपैयाँको साइकल वितरण गरिएको छ ।

सम्बन्धित समाचार

प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत...

घुसपैठ गर्न आएको अमेरिकी युद्धपोतलाई चिनियाँ सेनाले लखेट्यो

एजेन्सी, जेठ १७-चीन र अमेरिकाबीच तनाब बढिरहेका बेला चिनियाँ सेनाले दक्षिण समुद्री सीमाभित्र घुसेको अमेरिकी युद्धपोतलाई लखेटेको छ । चीनले अमेरिकाको यस्ता भड्काउपूर्ण कदमतर्फ लक्षित गर्दै रक्षा बजेटमा वृद्धि गरेर चीनले कुनै कमजोरी नगरेको बताएको...

श्रमिकको जीवनस्तर सुधार्न ल्याएको सामाजिक सुरक्षा कोष कार्यान्वयनमा जोड

विराटनगर । श्रमिकको जीवनस्तर सुधार्न ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी कार्यानवयन गरेर अगाडी बढाउनुपर्ने सरोकारवालहरूले जोड दिएका छन् । उनीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४ को प्रभावकारी कार्यान्वयन भए श्रमिकको जीवनस्तरमा सुधार हुने...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त

विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...

पानी परेपछि रोकियो नेपाल – भारतको खेल, कटायो नेपालले १७७ रन

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १७७ रन पूरा गरेको छ । नेपालले ३७.५ ओभरमा ६ विकेट गुमाएर १७८ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ३८ रनमा खेल्दैछन्...

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?

काठमाडौँ, २९ असोज-जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने...

‘लक डाउन’ मा धरान सुनसान

विराटनगर, चैत ११–सरकारले लकडाउनको घोषणा गरेसँगै सहरका सडकहरु सुनसान जस्तै देखिएका छन् । सडकमा अत्यवश्यक बाहेकका सवारी साधन देखिदैनन् भने हिड्डुल गर्ने सर्वसाधारण समेत कमै देखिन्छन्। धरानमा मंगलबार नेपाल प्रहरी र नगर प्रहरीले सर्वसाधारणलाई आवागमन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्