प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

 न्यूज विराट
प्रेस यूनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

विराटनगर । नेपाल प्रेस यूनियन मोरङको अध्यक्षमा बेदराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न भएको निर्वाचनको मत परिमाण अनुसार पौडेलले ६७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी सुशिला पाठकले ६१ मत पाइन् ।
अध्यक्षमा निर्वाचित पौडेलले संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका थिए । पाठक संस्थापन समूहकी उम्मेदवार हुन् । खुल्ला उपाध्यक्ष तर्फ पौडेल समूहका पर्शुराम (प्रशान्त) निरौला निर्वाचित भए । निरौलाले ६७ मत प्राप्त गरी विजयी भए भने संस्थापन समूहका जितेन्द्र नारायण ठाकुर ५० मत प्राप्त गरी पराजित भए ।

समावेशी उपाध्यक्ष तर्फ संस्थापन समूहका दिलिप अग्रवाललाई पराजित गरेर पौडेल समूहका सोनुकुमार दास निर्वाचित भए । दासले ७५ र अग्रवालले ५३ मत प्राप्त गरेका थिए । सचिवमा पौडेल समूहबाट गोपाल पोखरेल निर्वाचित भए । ८४ मत ल्याएर पोखरेल निर्वाचित हुँदा ४३ मत ल्याएर संस्थापन समूहका धिरज दाहाल पराजित भए । कार्यसमितिको सदस्यमा पनि पौडेल समूहले जितेको छ । अनुज सापकोटा, प्रेम केडी भट्टराई, सरल कट्टेल, अस्मिता आचार्य निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

सुन्दरहरैंचाको कर घटाउन दबाब, मेयरविरुद्ध उत्रिए राजनीतिक दल र व्यवसायी

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने चेतावनी राजनीतिक दल र उद्योगी व्यवसायीले दिएका छन् । बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी दल...

आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छैनः मुख्यमन्त्री राई

विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । बुधबार प्रदेशसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग राईले गठबन्धनमा आवद्ध दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइने...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग बाल दिवस मनाएको छ । क्लबले सिपी सेन्टरमा बालबालिकाहरुसँग एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । कार्यक्रममा मधु काबराले केक र व्यवस्था गरेकी थिइन् । त्यसैगरी...

अख्तियारको केन्द्रीय कार्यालयका १५ जनामा कोरोना

काठमाडौं, २० साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण देखिएको छ । केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । १८० जनाको स्वाब परीक्षण गर्दा...

प्रदेश १ कोरोना नियन्त्रण उन्मुख, अब ४१० जना सक्रिय संक्रमित

विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको...

काठमाडौंमा सिलिन्डर पड्केर आगलागी

काठमाडौं, १८ वैशाख-काठमाडौं महानगरपालिका–३१, देउराली क्लबनजिकै ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित ३ जना घाइते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्