सार्वजानिक गाडी दुरूपयोग गरेको भन्दै कानेपोखरीमा स्थानीयको विरोध
मङ्गलबार, १९ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्गनामले सार्वजानिक विदाको दिन सरकारी गाडी दुरूपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । सार्वजानिक विदाको दिन सरकारी गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय गाउँपालिकाको मुख्य गेटमा मंगलबार हस्ताक्षर अभियान संकलन गरेर विरोध गरेका हुन् । उनीहरूले भ्रष्ट जनप्रतिनिधी गाडीमा, जनता सबै खाडीमा, सार्वजानिक विदाको दिन कानेपोखरी गाउँपालिकाको गाडी खोई ? लगायतको ब्यानरमा हस्ताक्षर कार्यक्रम सुरु गरेका छन् । उनीहरुले गाउँपालिकाको प्रवेशको मुख्य गेटमा ब्यानर टागेर जनताको हस्ताक्षर संकलन गरे । हस्ताक्षर संकलन गरेको ब्यानर गाउँपालिका उपाध्यक्ष भोला अधिकारीलाई बुझाउने स्थानीय नविन पौडेलले बताए । सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन गाउँपालिका अध्यक्ष इङ्गनाम व्यक्तिगत कामले तेह्रथुम गएको बुझिएको छ । यस विषयमा बुझन खोज्दा गाउँपालिका अध्यक्ष इङ्गनामले फोन उठाइनन् ।
विराटनगर, ३ फागुन । संविधान रक्षाका लागि आफुहरु जनतामाझ आएको नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले बताएका छन् । नेपाली कांग्रेस मोरङले प्रदेश १ को राजधानी विराटनगरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेताहरुले संसद पुनस्र्थापना गर...
काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...
काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...
विराटनगर, ६ माघ । राष्ट्रिय गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको हो । न्यू सृष्टि दैनिकको...
चीनमा एकैदिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या २ वर्षअघि चीनमा सुरु भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च रहेकाे बताइएकाे छ । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी...
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले बुधबार सूचना निकालेर २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् । उनले संविधानको धारा १६८ को...
विराटनगर, १ जेठ । विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एक जना विद्युत इन्जीनियरको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण अन्तरगतको प्रणाली सुदृढीकरण आयोजना विराटनगरमा कार्यरत ४५ वर्षीय इन्जीनियर मोतिलाल मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो...
तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...