तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन   - News Birat

तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन  

न्यूज विराट

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन ।

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

मंगलबार अबेरसम्म मृतकका आफन्तसँग पोष्टमार्टमका लागि सहमति माग गर्न प्रयास गरे पनि सफल हुन सकेन । एसएसपी बैदवारले बुधबार पोष्टमार्टम गर्ने तयारी भइरहेको बताएका छन् । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको र यथार्थ केही दिनमै बाहिर आउनेसमेत उनले बताए ।

प्रहरीले पाँचै जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखेको छ । मंगलबार घटनास्थलबाटै मृतकका परिवार र आफन्तले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका थिएनन् । तर, जनप्रतिनिधीहरूले क्षतिपूर्तिका लागि प्रतिबद्धता जनाएपछि शव उठाउन दिइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles