राहतले विपन्न परिवारमा खुसी

 न्यूज विराट
राहतले विपन्न परिवारमा खुसी

विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई राहत वितरण थालेको हो ।

इटहरी उपमहानगरपालिकाले राहत वितरण गर्न सबै वडामा खाद्य सामग्री पठाइरहेको छ । वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्य सामग्री पठाइएको उपमहानगरले जनाएको छ ।

लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एक हप्तालाई पुग्ने राहत वितरण थालिएको हो । अत्यावश्यक सामाग्री पाएपछि विपन्न परिवारले राहत महसुस गरेका छन् ।

इटहरी उपमहानगरको शनिबार बसेको कार्यपालिकाको बैठकले प्रति परिवारलाई करिब ८०० रुपैयाँ बराबरको तेल चिनी, दाल, नुन चामल वितरण गर्ने निर्णय गरेको थियो ।

उपमहानगरपालिकाको निर्णयअनुसार करिब १० केजी चामल र एक केजी नून र आधा लिटर तेलका दरले प्रति परिवार राहत वितरण सुरु गरिएको इटहरी ९ नम्बर वडाका वडाध्यक्ष भूपेन्द्र बरालले जानकारी दिए ।

वडाको सिफारिसअनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरी राहत वितरण गरिँदैछ । यता, उपमहानगरले लकडाउनको समयमा खाद्यान्न तथा अत्यावश्यक सामग्री घर–घर पुर्‍याउन इटहरीस्थित गोरखा डिर्पाटमेन्ट स्टोरको सहकार्यमा प्रत्येक वडामार्फत खाद्य बस्तु बिक्री वितरणसमेत गरिरहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य प्रतितोला १ लाख नजिक

काठमाडौं, साउन १६-पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५...

प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय भाण्टाबारी, सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लिम्बुलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।प्रहरी...

कोरोनाबाट विदेशमा १९१ नेपालीको मृत्यु

काठमाडौं, २५ साउन-कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप २ जना नेपालीकोे निधन भएको थियो ।   सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...

झापामा कोरोना संक्रमितको शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षण

कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन...

एकसाथ देखिँदै बलिउडका तीन खान

एजेन्सी, ४ मंसिर-बलिउडका स्टार तीन खानलाई एकसाथ चलचित्रमा देख्न पाइने भएको छ । आमिर खान स्टारर चलचित्र 'लाल सिंह चड्ढा'मा आमिरसँगै सलमान खान र शाहरुख खानलाई पनि देख्न पाइने भएको हो । भारतीय संचारमाध्यमका अनुसार...

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...

आज विराटनगरमा ३२० कोरोना संक्रमित थपिए

विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्