विराटनगरमा टेवल टेनिस प्रतियोगिता

 न्यूज विराट
विराटनगरमा टेवल टेनिस प्रतियोगिता

विराटनगर । विश्व टेबल टेनिस दिवसको असर पारेर विराटनगरमा टेबल टेनिस प्रतियोगीता आयोजना गरेको छ । बिराटनगर टेबल टेनिस क्लबको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

तियोगीतामा ६ ओटा इभेन्टहरुमा प्रतिस्पर्धा गराइएको थियो । ६ ओटा इभेन्टमा ६० जना भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए ।

क्याडेट गर्ल्स सिङल्सतर्फ पिटर प्यान मन्टेसरीकी अनुष्का निरौला प्रथम, अरनिको स्कुलकी शान्दर्भी अधिकारी द्वितीय, पिटर प्यान स्कुलकी ध्वनी मुरारका र जियांशी भगत तृतीय भए । क्याडेट ब्वाइज सिङल्सतर्फ अरनिको स्कुलका आयुद्द भण्डारी प्रथम, अरनिकोको स्कुलका बिदर्भ गौतम द्वितीय, डिपिएस बिराटनगरका कर्तव्य बाहेती र अरनिकोका युवराज शाह तृतीय भए । गर्ल्स सिङल्स तर्फ सेन्ट मेरिजकी अपाला साह प्रथम, सेन्ट मेरिजकै आर्नवी भट्टराई द्वितीय, अरनिको स्कुलकी हनी श्रेष्ठ र सेन्ट मेरिजकी बिज्ञता थापा तृतीय भए ।
ब्वाइज सिङल्सतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, अरनिको स्कुलका अभिनव ठाकुर र एस ओ एस बालग्राम इटहरीका आयाम भट्टराई तृतीय भए । पारा महिला स्ट्यान्डिङ एकलतर्फ पुनम राजबंशी प्रथम, अनिता रिसाल द्वितीय, सिटी कलेजकी रिहा दाहाल र हेरिटेज इन्टरनेशनलकि श्रेयाना चौधरी तृतिय भए । पहिलो पटक आयोजना गरिएको मिनी क्याडेट ब्वाइज सिङल्स अन्डर ८ उमेर समूह तर्फ पिटर प्यान मन्टेसरीका नीर जंग थापा प्रथम, अरनिको स्कुलका युवराज शाह द्वितीय, डिपीएस बिराटनगरका कर्तव्य बाहेती तृतिय भए । प्रतियोगीताका उदयीमान खेलाडी डिपीएस बिराटनगरका हृदान दाहाल , मिनि क्याडेट ब्वाइज इभेन्ट र उत्कृष्ट खेलाडी लिलिपुट प्रीमियर स्कुलका श्रीजल प्याकुरेल, ब्वाइज सिङल्स इभेन्ट घोषित भए । खेलका साथै अन्य मनोरन्जनात्मक कार्यक्रम र सहभागीहरुलाइ विभिन्न रिफ्रेसमेन्टहरु पनि नि ः शुल्क उपलब्ध गराइएको थियो ।

खेलाडीहरुलाइ पुरस्कार बितरण अखिल नेपाल टेबल टेनिस संघका सदस्य अनुज बाँनिया, बिटीटीसी क्लब अध्यक्ष बिकेन थापा, सचिव राजेश भट्टराई , भूपु वरिष्ठ प्रशिक्षक ध्रुव क्षेत्री र प्रमुख अतिथी प्रदेशसभा सभासद माननीय अमृत अर्यालले गरेका थिए ।

सम्बन्धित समाचार

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

प्रदेश १ मा शुक्रबार ३३ संक्रमित थपिए

विराटनगर, ९ साउन–प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको काकडभिट्टामा १७ पुरुष, १...

कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, जेठ १७-कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कालिकोटको १८, बाजुरा...

नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार ४ छ ।

काठमाडौं, २६ माघ । नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८८० जनाको नमूना परीक्षण गर्दा थप १ हजार ३ सय ६९...

‘स्विफ्ट टटल’ पुच्छ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा

काठमाडौं, २८ साउन-‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए...

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी...

रतुवामाईमा पत्रकार हौँ भनेर रकम अशुल गर्दै हँडेका दुई जना पक्राउ

विराटनगर, ६ असार । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी...

देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्