देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री - News Birat

देशमा हत्याहिंसाको विकराल कालखण्ड फर्काउने कोसिस : प्रधानमन्त्री

न्यूज विराट

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोसिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवाश गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्याहिंसाको बाटोमा फर्कन लागेको बताएका हुन् ।

पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे । मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रशंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्याहिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताए । साथै आफ्नो सरकार यस्ता गतिविवधि हुन नदिनेतर्फ सचेत रहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको पनि बताए । राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भए पनि सफल नहुने बताए ।

प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले ज्येष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएकी छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles