कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग
शुक्रबार, २४ चैत, २०७९,
न्यूज विराट
विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ।
पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म १६१ वटा पालिकाले मात्रै वर्गीकरण गरेको भन्दै बाँकीले पनि चाँडै गर्न माग गरेको छ।
घरजग्गा कारोबार कम हुँदा सबैभन्दा बढी पीडामा घरजग्गा व्यवसायी परेको उनीहरुले बताएका छन्। घरजग्गा व्यवसायीहरुले एकल अंकको ब्याजदर कायम गर्न माग गरेका छन्।
‘एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज गर्नुपर्ने हाम्रो माग छ’, महासंघका अध्यक्ष भेषराज लोहनीले भने, ‘जग्गाको मूल्य र कर्जा धितोको अनुपात बढाउनुपर्छ।’
महासंघले भू–उपयोग कानुनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने बताएको छ। सरकारले लाइसेन्स प्राप्त ब्रोकरमार्फत मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानुनी व्यवस्था गर्ने विषयमा गम्भीर बन्न व्यवसायीले आग्रह गरेका छन्।
‘रियल स्टेट व्यवसायीहरुलाई पनि लाइसेन्सको व्यवस्था गर भनी आफैँलाई नियमन गर्न अनुरोध गरेका छौँ’, अध्यक्ष लोहनीले भने, ‘सरकारबाट लाइसेन्स लिएको व्यवसायीहरुले मात्रै देशभर घरजग्गाको विकास बिक्री लगायत काम गर्न पाउनुपर्छ।’
व्यवसायीले विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न पाउनुपर्ने बताएका छन्। सरकारले बजेटमा सम्बोधन गरेको भए पनि आवश्यक कानुनी सहजीकरण नगर्दा कार्यान्वयन हुनसकेको छैन।
‘विदेशीलाई अपार्टमेन्ट खरिद गर्न दिँदा विदेशी मुद्रा सञ्चितिमा यो व्यवस्थाले ठूलो भूमिका निर्वाह गर्नसक्छ’, महासचिव विष्णु प्रसाद घिमिरेले भने।
व्यवस्थित बसोबास तथा सहरीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिने विषय र ल्यान्ड पुलिङ आयोजनाका साथै ठूला ठूला सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने माग गरेका छन्।
नेपाल जग्गा तथा आवास विकास महासंघ उपाध्यक्षमा पोखरेल
यसैबीच, १ वर्षअघि स्थापना भएको नेपाल जग्गा तथा आवास महासंघ को प्रथम महासभाले नयाँ कार्यसमित चयन गरेको छ।
गत चैत १८ गते भएको महासभाले आगामी २ वर्षको लागि अध्यक्षमा ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनी निर्विरोध निर्वाचित गरेको हो।
निर्विरोध निर्वाचितमा वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उपाध्यक्षमा राजकुमार साई , विदुर धमला र घनश्याम पोखरेल चयन भएका छन्। पोखरेल विराटनगरका व्यवसायी हुन् । महासंघमा प्रदेशहरुबाट प्रतिनिधित्व गर्दै उनी कोशी प्रदेशबाट उपाध्यक्ष भएका हुन् ।
महासचिवमा विष्णु प्रसाद घिमिरे, सचिवमा रामसुन्दर बंके र कोषाध्यक्षमा रोशन कुमार भोयद्यो रहेका छन्।
गण्डकीबाट अरुण स्तोम त्रिपाठी, बागमती प्रदेशबाट बाबुराम अधिकारी, लुम्बिनीबाट दशरथ पौडेल निर्वाचित भएका छन्।
खुल्ला सदस्यमा दाङका श्रीधर महरा क्षेत्री र काठमाडौंका पूर्णिमा राजभण्डारी रहेका छन्।
विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...
काठमाडौं, ११ असार-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संशोधित निशान छाप प्रयोग गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।यसअघि गृह मन्त्रालयले काटेको पत्रका आधारमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह, सबै...
विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्ट्स मिट बुधबारदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।हिसानले मंगलबार विराटनगरमा पत्रकार...
काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा...
विराटनगर । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक...
विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराउँदै अन्तिम आठमा पुगेको छ । मंगलबार भएको दोस्रो खेलमा सिराहले १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर...
विराटनगर, ८ मंसिर–प्रदेश १ मा सोमबार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा चार, इलाम, उदयपुर र धनकुटामा तीन÷तीन, तेह्रथुम र भोजपुरमा...
काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...