राशिफल

तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

 न्यूज विराट
तुलसी सहकारीको घोटला गरेको रकम ३३ कम्पनीमा, अध्यक्ष केदरनाथा शर्माको कुन कम्पनीमा कति लगानी ?

विराटनगर । बचतकर्ताहरूले राखेको करोडौं रूपैयाँ अपलचन गरी तुलसी बहुउद्देश्य सहकारीका अध्यक्ष केदारनाथ शर्माले ३३ वटा निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको छ ।

मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदन अनुसार शर्माले सहकारीको करोडौं रुपैयाँ दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएर आफ्नो निजी कम्पनी र जग्गामा लगानी गरेको पाइएको हो ।

उनीद्धारा संचालित निजी खाद्यान्न, मोटर, इलेक्ट्रिक, चिउरा मिल, जुत्तादेखि मिडिया कम्पनीमा पनि लगानी गरेको पाइएको छ । निजी उद्योगबाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको छ । उदयपुर र झापामा मात्र शर्माका नाममा ३६ हजार २ सय ८ दशवलप ८७ वर्गमिटर अर्थात ५ बिघा ६ कठ्ठा जग्गा रहेको छ । उनको जन्मस्थल उदयपुरमा १५ कित्ता र झापामा ३ कित्ता जग्गा शर्माको नाममा रहेको छ ।

शर्माले सहकारीको रकम दुरुपयोग गर्दै सबैभन्दा बढी लगानी विराटनगर १९ स्थित तुलसी मोटर पम्पमा गरेका छन् । उनले उक्त मोटर पम्पमा ३२ करोड, झापाको गौरादहमा भएको चिउरा र चामल मिलमा ३४ करोड, झापाको दमक बजारमा रहेको गार्डेन मार्ट, उदयपुर जिल्लाको गाईघाटमा रहेको गार्डेन मार्ट र मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा गरी जम्मा २५ करोड लगानी गरेका छन् । यस्तै सिरहा गोलबजारमा मार्ट खोल्न तयारीको लागि १ करोड लगानी गरेका छन् ।

यस्तै शिव शिखर अर्गनाइजेसन प्रा।लि। मा ८ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । यस्तै नटराज एग्रो प्रा।लि, नटराज इन्टरप्राइजेज प्रा।लि।लाई बिना धितो पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरि संस्थाको रकम दुरुपयोग गरी सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई लत्याएको पाइएको छ ।

शर्माद्धारा संचालित उदयपुरको गाईघाटमा नटराज एग्रो प्रा।लि। को नाममा चार तले भवन रहेको छ । जसमा गार्डेन मार्ट सञ्चालनमा रहेको छ । यो भवन १० करोड ५० लाखमा नटराज एग्रोले खरिद गरेको गरेको खुलेको छ । उक्त भवन नटराज एग्रोले तुलसी सहकारीलाई भाडामा लगाएको छ । जसको भाडा बापत सहकारीले मासिक २ लाख ५० हजार नटराज एग्रोलाई तिर्ने गर्दछ । उक्त भवन सहकारीको डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालन गरिएको छ । डिपार्टमेण्ट स्टोर–गार्डेन मार्ट र सहकारीको सेवा केन्द्र संचालनको लागि डेकोरेशन गर्दा र डिपार्टमेण्ट स्टोरको लागि आवश्यक सामानहरुको व्यबस्था गर्न १५ करोड बराबरको लगानी लागेको छ । मोरङको लेटाङमा रहेको गार्डेन मार्टमा ५ करोड लगानी लागेकोे छ । एक वर्ष अगाडिदेखि सिरहाको गोल बजारमा सहकारीको शाखा संचालन गरी सहकारीले गार्डेन मार्ट खोल्नको लागि ४ करोड लगानी गरेको छ । तर, यो गार्डेन हालसम्म संचालनमा आएको छैन ।

निजी कम्पनी र जग्गाबाहेक सवारी साधनमा पनि करोडौं रुपैयाँ खर्चेको पाइएको छ । गाडीका सोखिन शर्माले आफु चढ्ने गाडी ४ करोडमा खरिद गरेको पाइएको छ । त्यसबाहेक सहकारीको नामा दुई वटा कार ९० लाखमा खरिद गरेको भेटिएको छ । ती कारहरु तुलसी सहकारी संस्थाको नाममा दर्ता रहेको छ । सहकारीको नाममा रहेको प्रदेश ३–०२४ च ४५९२ नम्बरको कार सहकारीका प्रबन्धक मन्दिप खवासले चढ्ने गरेका थिए । अर्को कार संचालक बन्टी अधिकारीले चढ्ने गरेकी थिइन् । मुद्दा परेपछि उनी अहिले फरार छिन् । सहकारी सचिव सविना न्यौपाने निसान कम्पनीको टेरानो कार चढ्ने गरेकी थिइन् । जुन गोर्खा टि।एण्ड कफी इण्डष्ट्रिज प्रा।लि।को नाममा दर्ता रहेको छ ।

सहकारीको रकम अध्यक्ष शर्मासहित संचालक सदस्य र प्रबन्धकहरुको नाममा पनि रहेको पाइएको छ । निजी उद्योग बाहेक जग्गामा पनि शर्माले लगानी गरेको पाइएको हो । अध्यक्ष शर्माको नाममा जग्गा खरिदको लागि विराटनगर ३ पिपलचोक नजिक घर सहित १५ धुर जग्गा १ करोड ८० लाखमा खरिद गरेको छ । सोही जग्गाको पछाडी तर्फको सीमानाको जग्गा किन्नको लागि भनेर ९४ लाख अध्यक्ष शर्माले लगेका छन् । तर सो रकम बराबरको जग्गा हालसम्म पास नभएको र पैसा समेत फिर्ता नभएको देखिएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा माओवादीका पूर्वाधार र पर्यटनमन्त्रीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका माओवादीका दुई जना मन्त्रीले पदबाट राजिनामा दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाइ र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् । मंगलर माओवादीको...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

कोशी प्रदेश सरकार छाडन आज औपचारिक निर्णय गर्दै माओवादी

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज दिउँसो ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो ।...

माओवादी कोशी प्रदेश संसदीय दलको बैठक सुरू, समर्थन फिर्ताको सक्भावना

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । आज सुरू भएको बैठकमा सरकारबारे छलफल हुने भएको हो । माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल...