विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइबे्रकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।
टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफि, कप्तान अर्सद, क्यामदिन गोल गरेका थिए । संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउदै गर्दै खेल जिताए । संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरज जिंग ठकुरी, चन्दन दास र दिपक घिसिङ्गले गोल गरेका थिए ।
भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक बिजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ । पुर्वबिजेता संकटा माथि भारतको संघर्षपूर्ण जीत हासिल गरेको छ । संकटा र भारतको केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता संकटाले दर्जन बढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरन बाध्य भयो ।
म्यान अफ द म्याच भारतको गोलकिपर महोमद सनफिर घोषित भए । उनले नगद ११ हजार पाए ।
विराटनगर, १० पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गर्नुभयो ।...
काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति...
सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको बुधबार भएको असामयिक निधनप्रति समवेदना व्यक्त गर्दै उनको शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार दिउँसो बसेको सर्वोच्च अदालतको...
स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ ।...
विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...
कैलाली । जनता समाजवादी पार्टी सुदूरपश्चिमले गठबन्धन तोडेको छ । केन्द्रीय सहमति विपरित नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको हो । केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश स्तरमा पनि...
विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई मोरङका...
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सेनपामा दिउँसो २ बजे बैठक बस्न लागेको हो । यसअघि २०७७ चैत ३० गते बैठक बोलाइएको थियो । तर, कांग्रेस वरिष्ठ...