दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

 न्यूज विराट
दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ । तर खाद्यान्न र खाना पकाउने ग्यासको अनुगमन गर्दा आत्तिनुपर्ने स्थिति नभएको पाइएको छ ।

मेचीनगर नगरपालिकाको टोलीले प्रदेश सांसदसहित शनिबार नगरका चार वटा चामल उद्योग र एउटा ग्यास उद्योगमा अनुगमन गर्दा त्यहाँ प्रशस्त धान, चामल र खाना पकाउने ग्यास भण्डारण (मौज्दात) रहेको पाएको छ ।

बजारमा रहेका बिक्री डिलरहरुले ग्यास छैन भन्ने गरेता पनि मेचीनगर–१४ दुहागढीस्थित मेची ग्यास इन्डस्ट्रि«जको गोदाममा ११ हजार सिलिन्डर ग्यास मौज्दात रहेको र नौ हजार सिलिन्डर ग्यास भारतबाट केही दिनमै आउने क्रममा रहेको उद्योगका सञ्चालक महादेव अग्रवालले जानकारी दिए ।

‘एउटा सिलिन्डर भएका उपभोक्ताले हाल तीन वटासम्म सिलिन्डर किनेर लैजाने गरेकाले अभाव भएको जस्तो देखिएको हो’, उद्योगका सञ्चालक अग्रवालले अनुगमन टोलीलाई भने, ‘आत्तिनु पर्दैन, हामीसँग पर्याप्त मौज्दात छ र दिनैपिच्छे दुई हजारभन्दा बढी सिलिन्डर डिलरकहाँ पु¥याइरहेका छौँ ।’

उनले मेची ग्यासको कुनै डिलरले सो भाइरसको जोखिम निम्तिएको मौका छोपी बढी मूल्यमा ग्यास बेचेको र सामान लुकाएर उपभोक्तालाई ठगी गरेको पाइएमा डिलरको लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिइएको अनुगमन टोलीलाई जानकारी दिए । उनले भने, ‘ग्यासको अभाव हुनुपर्ने कुनै कारण नै छैन ।’

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा प्रदेश–१ का सांसद गोपाल बुढाथोकी, नगरपालिकाका खाद्य तथा अनुगमन अधिकृत दीपेन्द्र कार्की, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सदस्य भूमि पौडेल, सङ्घका पूर्वअध्यक्ष एवं अगुवा व्यवसायी विजय डालमिया, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेललगायत सहभागी थिए ।

राजनीतिक दलका प्रमुखहरुसहितको टोलीले मेचीनगर नगरपालिकालाई बजारको समस्या दर्शाउँदै कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही चलाउन माग गरेपछि नगरपालिकाले मेचीनगरमा रहेको धान–चामलका मिलको अनुगमन गरेको हो ।

टोलीले मेचीनगर–११ धाइजनस्थित सूर्य एग्रो, मेचीनगर–१३ स्थित मित्तल एग्रो र मेचीनगर–७ स्थित राधाकृष्ण इन्डस्ट्रिज र राकेश राइस मिलमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका सबै मिलमा ठूलो मात्रामा धान र चामलको मौज्दात रहेको पाइएको थियो भने उद्योगका सञ्चालकले बजारमा लामो अवधिसम्म थेग्ने खाद्यान्न मौज्दात भएको हुँदा उपभोक्ताले हडबडाउन नहुने धारणा व्यक्त गरेका थिए ।

धाइजनस्थित सूर्य एग्रोमा ७५ हजार क्विन्टल चामल र ८ हजार क्विन्टल मुसुरो दाल मौज्दात रहेको उद्योगका सञ्चालक रमेश मिण्डाले जानकारी दिए । ‘बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य उद्योगहरुसँग छ,’, मिण्डा भन्छन्, ‘अहिले नै बजारमा अभाव नहुनु पर्ने हो ।’

उद्योगमा रहेको मौज्दातको विवरण अनुगमन टोलीलाई बुझाउँदै मेचीनगर–१३ स्थित मित्तल एग्रोका सञ्चालक मोहन मित्तलले अहिले उद्योगले चामलको मूल्य नबढाएको र बजारमा माग भएबमोजिम आपूर्ति गरिरहेको बताए ।

‘मुलुकलाई संकट पर्न लाग्यो भनेर कुनै उद्योगी र व्यापारीले कालोबजारी र मूल्य बढाउने गलत काम गर्नु हुँदैन’, उनको भनाइ थियो ।

मेचीनगर–७ मा रहेको राधाकृष्ण इन्डस्ट्रिजमा आठ हजार क्विन्टल धान र राकेश राइस मिलमा ५ सय क्विन्टल चामल र दुई हजार क्विन्टल धान मौज्दात रहेको जानकारी अनुगमन टोलीले प्राप्त गरेको छ ।

मेचीनगरका प्रमुख विमल आचार्यले नगरपालिकामा नगर क्षेत्रका सबै चामल उद्योगका सञ्चालकलाई बोलाएर संकटको अवस्थामा उद्योगले पालना गर्नुपर्ने विभिन्न व्यवस्थाका विषयमा जानकारी गराइएको बताए । कोरोना भाइरस रोकथामका लागि राज्यले कडा कदम चालेका बेला कुनै अभाव नहोस् भनेर उद्योगी सचेत हुनुपर्ने उनको भनाई थियो ।

मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमिया बजारमा सामान नभएर होइन, भएको सामान मौज्दात गर्ने उपभोक्ताको हतारो र अनुचित नाफाको लोभमा लागेका कतिपय गैरजिम्मेवार व्यवसायीले सामान लुकाउन थालेको हुँदा बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको बताउँछन् ।

खासगरी अत्यावश्यक वस्तुमा पर्ने चामल, दाल, तेल, साबुन, चिनीलगायतका उपभोग्य सामान भोलि लामो समय बजार बन्द होला कि भन्ने हल्ला र त्रासका कारण उपभोक्ताहरुले नै आवश्यकताभन्दा दोब्बर–तेब्बर किनेर घरमा मौज्दात राख्न थाल्दा बजारमा अभावजस्तो स्थिति देखिएको मेची उद्योग वाणिज्य सङ्घका सदस्य एवं पौडेल किराना पसलका सञ्चालक भूमि पौडेल बताउछन् । रासस

सम्बन्धित समाचार

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीको...

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...

प्रधानमन्त्री ओली भन्छन्: ‘म पनि घरमा छु, तपाईं पनि बस्नु होला’

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जनतालाई घरमै बस्नको लागि पुन: आह्‍वान गरेका छन् । सरकारले लकडाउन घोषणा गरेको अवस्थामा घर बाहिर ननिस्किन ओलीले आग्रह गरेका हुन् । 'म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु', प्रधानमन्त्री...

‘लाईभ इन विराटनगर’मा दुर्गेस थापा शुक्रबार आउँदै, दर्शकमा चर्को उत्साह छ : सेन्ट्रो

विराटनगर । विराटनगरको हाटखोला खेल मैदानमा शुक्रबार साँझ आयोजना हुने गायक दुर्गेस थापाको लाइभ प्रस्तुतिको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। पछिल्लो समय नेपाली म्युजिक स्टेजका चर्चित नाम बनेका थापा पहिलोपटक विराटनगरमा प्रस्तुति दिन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज, १८९ संक्रमित थपिए

विराटनगर, २७ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६ सय ६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५ सय ७८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३,...

बुद्धोदय सहकारीको नाफा ५९ लाख ५२ हजार

विराटनगर । विराटनगर – ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी सस्था लि. ले ५९ लाख भन्दा बढी नाफा कमाएको छ । सहकारीको स्थापना दिवस तथा १६ औं वार्षिक साधरण सभामा प्रतिवेदन पेश गर्दै आर्थिक...

मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र...

निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सकियो

विराटनगर । नेपाल निर्माण व्यवसायी संघ मोरङले आयोजना गरेको दुई दिने निर्माण व्यवस्थापन सम्बन्धि दुई दिने तालिम समापन भएको छ । संघको सभाहलमा सोमबार उक्त तालिम सम्पन्न भएको हो ।दुई दिनसम्म संचालन भएको तालिममा मोरङ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्