विराटनगर । विराटनगरमा ३६ औं गणगौर पूजा महोत्सव २०७९ मनाएको छ । नेपाल मारवाडी गणगौर पूजा समितिले विविद्य कार्यक्रम आयोजना गरी गणगौर पूजा महोत्सव सोमबार मनाएको हो ।
महोत्सवको अवसर पारेर फेन्सी डे«स, सोह्र श्रृंगार, मारवडी पत्र लेखन प्रतियोगिता आयोजना गरिएको नेपाल मारवाडी गणगौर पूजा समिति अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
सोही अवसरमा पत्रकार सुशिला पाठकसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान पनि गरियो । यस्तै मारवडी सामुदायकी रिना बर्मा, अदिति जैन, प्रज्ञा भंसाली, शालु अग्रवाललाई सम्मान गरियो । सम्मानित व्यक्तिहरुलाई कार्यक्रमको प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्ता कार्यक्रममा भाषा, धर्मसंस्कृतिको संरक्षण ठुलो सहयोग पुग्ने बताइन् ।
महिलाहरुले घरपरिवारमा सुख शान्तिका लागि गणगौर पूजा गर्छन् । यो पूजा माडावारी महिलाहरुले परापूर्व कालदेखि नै मनाउँदै आइरहेको छ । घर परिवारमा सुख, शान्ति राख्नका लागि महिलाहरुले गणगौर पूज गर्ने चलन रहेको अध्यक्ष राठीले बताए ।
विराटनगर । कोशी प्रदेश खारजी गरी तत्काल पुनः नामकरण गरिनुपर्ने माग राख्दै सभामुख बाबुराम गौतमलाई ज्ञापन पत्र बुझाएका छन् । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले...
विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेद्वारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ ।निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिइ जारी...
एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा...
काठमाडौं, १४ कात्तिक-गत २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । १४ हजार ९ सय ८९ को पीसीआर गर्दा आज ३ हजार ५ सय १७ संक्रमित थपिएका हुन् । ...
काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...
काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...
विराटनगर । मोरङको कटहरीमा जारी प्रथम पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुनसरीको खनारको फाइभस्टार क्लब र इटहरीको श्री शान्ति युवा क्लब विजयी भएको छ ।कटहरी गाँउपालिका ५ को खेलमैदान बिहीबार भएको पहिलो खेलमा बुढीगंगा गाउँपालिकाको...
विराटनगर । स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहति सशस्त्र प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बोर्डर आउट पोस्ट (बिओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट आज दिउँसो ७ लाख ७९...