बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

 न्यूज विराट
बिद्यार्थीको सेवक बन्न चाहन्छु : आशिका लम्साल

आशिका लम्साल विराटनगर स्थित महेन्द्र मोरंङ क्याम्पस विराटनगरबाट पत्रकारितामा स्नातक गरेर जनप्रशासन अध्यरत छिन् । आशिका जुझारु मात्र नभएर प्रस्ट सचेत चेत भएकी निडर र सक्रृय बिद्यार्थी हुन् । कक्षा ११ देखी नै पत्रकारिता पढेर स्नाताक उत्तिर्ण आशिका आर्थिक अवस्था कमजोर भएपनि सक्रिय पत्रकारिता छाडेर बिद्यार्थीका लागि नेतृत्ब गर्न अग्रसर भएकी छन् । निम्न मध्यमबर्गीय परिवारमा जन्मिएकी आशिका कक्षा १ देखी नै सामुदायिक बिद्यालयमा पढेर उच्च शिक्षा सम्म आइपुगेकी हुन् ।
हाल ५ चैतमा सम्पन्न हुने स्ववियु निर्वाचनमा उनी सचिव पदको उम्मेदवार छिन् । आफनो लगनशिलता, प्रस्ट वाकपटुता अनि निडर र अध्यनशिल स्वभावले गर्दा उनी सर्वत्र चर्चामा छिन् । प्रस्तुत छ सचिव पदकी उम्मेदवार आशिकासँगको कुराकानी
:

पत्रकारितामा स्नताक गरेर सक्रिय पत्रकारिता गर्नुपर्ने तँपाई एकाएक नेता बन्ने यात्रामा किन लाग्नु भएको ?
– हो,मैले कक्षा ११ देखी नै पत्रकारिता पढे र गरें पनि । प्रदेशका मात्र नभएर काठमाण्डौका मिडियाहरुमा पनि मेरा समाचार फिचर छापिए । मैले पत्रकारितामा पढाई पुरा गर्ने मात्र हैन नेपाल प्रेस ईन्र्यस्टिच्युट , पत्रकार महासंघ , खोजपत्रकारिता केन्द्रबाट पनि विभिन्न तालिमहरु लिएँ । पत्रकारितामै मास्टर्स गर्ने धोको पनि थियो । तर कोसी प्रदेशमा पत्रकारितामा डिग्री पढाउने कलेज नै थिएन । हाम्रो क्षमताले काठमाण्डौ जाने समथ्र्य पनि थिएन । यसैले मैले पढदै गरेको महेन्द्र मोरङ क्याम्पसमै युटर्न गरेर एमपिए ज्वाँईन गरे । म सुरुदेखी नै बिद्यार्थी हकहितमा केही गर्नुपर्छ भन्ने पक्षमा थिएँ । स्ववियु निर्वाचन घोषणा भएपछि मैले पनि बिद्यार्थी हकहितमा केही गर्ने अवसर सदुपयोग गर्नुपर्छ भनेर सचिवमा उम्मेदवारी दिएको हुँ । म नेता हैन बिद्यार्थीको सेवक बन्न चाहन्छु । र , व्यवहारबाट प्रमाणित पनि गरेर देखाउने छु । नेता बन्ने यात्रामा हिडिरहनुपर्छ भन्ने पुरानो सोच मेरो फिटिक्कै छैन ।

तँपाईको नेतृत्वमा आउने पुर्व पृष्ठिभुमि खुलाइदिनुहुन्छ ?
– म बिद्यालय तहदेखी नै स्काउटमा सक्रिय थिएँ । स्काउटका हरेक गतिबिधिमा म सधै दत्तचित्त भएर लाग्थे र अहिले पनि लागिरेको छु । देशबिदेशका कार्यक्रमहरुमा सहभागीता जनाए । हाल म स्काउटको प्रशिक्षक पनि भैसकेको छु । यसैले मेरो आत्मबल सधै उच्च हुनेगर्छ । म जिम्मा लिएको काम जसरी पनि पुरा गरेरै छाडछु । क्याम्पसमा पढन आएपछि यहाँको बेथिती देखर म चुपलागेर बस्न सकिन । यसैले आफनो बर्गीय पक्षधरता अनुसार म अनेरास्ववियु अखिल क्रान्तिकारीमा आवद्ध भएँ । संगठन गर्न सक्रृय भएँ । जसले मलाई बिद्यार्र्थी हकहितमा लाग्न थप उर्जा दियो । र , मैले स्ववियुको नेतृत्वका लागि पनि योग्य ठाने । र मलाई संगठनले पनि अवसर प्रदान गरयो ।


तँपाईले अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिनुभएको छ । तर नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु एस , जनतमत पार्टी सबैले सचिव पदमा उम्मेदवारी दिएका छन् । यस्तो कडा प्रतिस्पर्धामा तपाई कसरी बिजयी हुनुहुन्छ, आधार के छ ?
– बिद्यार्थीहरुको हकहितमा निरन्तर , निस्वार्थ , दत्तचित्त भएर लागिपर्नु मै मेरो जितको मुल आधार हो । अर्कोतिर मेरो सबैसँग समन्वय गरेर चल्ने स्वभाव भएकोले मलाई सबैले मनपराउनुहुन्छ । मलाई मात्र हैन हाम्रो टिम कुरामा हैन काममा विश्वास गर्छ । यसैले अरु प्रतिस्पर्धीहरुसँग मेरो र हाम्रो टिमको तुलना हुन सक्दैन । अर्को मैले सबैलाई समन्वय गरेर अगाडी बढेको र छात्राहरुको साझा समस्यालाई मुख्य एजेण्डा बनाएको छु । खस आर्यहरु मात्र नभएर मधेशी , आदिबासी जनजाति, दलित र सिमान्तकृत बिद्यार्थीहरुको समस्यालाई नजिकबाट देखेकी भोगेकी छु । यसैले म भुक्त्तभोगी भएकोले पनि सबैको नजरमा छु । यसबाहेक हाम्रो संगठनले तय गरेका प्रतिबद्धताहरु पनि जितका मुख्य आधार हुन् ।


तँपाईको संगठन अखिल क्रान्तिकारी र जनता समाजबादी बिद्यार्थीको एकता भएको छ । यो एकता कत्तिको बलियो छ ? अन्य मधेशी बिद्यार्थी संगठन पनि प्रतिस्पर्धामा छन् नि ?
– हाल सबैभन्दा बलियो एकता नै हाम्रो हो । हामी प्रतिबद्ध छौ । हाम्रो संगठनका अध्यक्ष , म अनि अन्य पदाधिकारी र सदस्यहरु सबै जुझारू छौ । कहिल्यै बिबादमा आएका छैनो । सधै बिद्यार्थी हकहितमै दत्तचित्त भएर लागिपरेका छौ । पारदर्शीता हाम्रो मुलमन्त्र हो । यसैले अन्य संगठनहरुसँग हाम्रो तुलनै हुनसक्दैन । अव चुनावमा प्रतिस्पर्धा गर्न आउनु त सबैको लोकतान्त्रिक अधिकार हो नि ।

तँपाईको प्रेरणाको स्रोत के हो ?
– मेरो प्रेरणाको स्रोत मेरा बाबा र मम्मी अनि मेरा अग्रज गुरु र आर्दश नेताहरु हुन । जसलाई नजिकबाट भोगेर , पढेर , बुझेर अनि सुनेर मैले आफनो बर्गीय विचारलाई प्रस्ट बनाउन सके । पढाईसँगै सगठनमा आवद्ध भएर आफनो नेतृत्वमा निखार ल्याउने अवसर पाएँ । र, बिद्यालयदेखी नै स्काउट र संगठनमा आवद्ध भएर बिद्यार्थी हकहितमा लागिपर्न पाएँ ।

सम्बन्धित समाचार

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...

गण्डकीमा थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय १६ पुग्यो

पोखरा, २४ असार-गण्डकी प्रदेशमा बुधबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार...

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

१५ मेक्ट्रिक टन क्षमताको कटहरीमा कोल्ड स्टोर बन्दै, दुई महिनामा संचालनमा ल्याउने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निमार्ण हुने भएको छ । बनाउन सुरू गरिएको दुई महिना भित्रमा सम्पन्न गर्ने गरी कोल्ड...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

एनसीडिए मोरङका अध्यक्षद्धारा आश्रममा दैनिक उपभोग्य सामाग्री वितरण

विराटनगर । विराटनगर – ८ विराटेश्वर आश्रममा नेपाल औषधी व्यवसायी संघ मोरङ (एनसिडिए) का अध्यक्ष देशबन्धु ढकालले सहयोग गरेका छन् ।माता तीर्थ औसीको अवसर पारेर बुधबार आश्रममा रहेका आमाहरुलाई औषधी व्यवसायी ढकालले दैनिक प्रयोग हुने...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्