प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान - News Birat

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

न्यूज विराट
संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो । 

सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गर्दा केहीबेर गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए ।

गोली हानाहानमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सुरक्षाकर्मी परिचालन गरेर विप्लव कार्यकर्ताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles