दिव्यज्योती अस्पतद्धारा विराट बहिरा माविमा स्वास्थ्य शिविर, दुई सय बढीको स्वास्थ्य जाँच
शनिबार, ०४ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा तथा कान परीक्षण गरिएको छ । विराटनगरमा रहेको दिब्यज्योती अस्पतालले उक्त विद्यालयमा शिविरको आयोजना गर्दै अध्ययनरत विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिदिएको हो ।
साँकेतिक भाषाका सहयोगीहरु राखेर अस्पतालले विद्यार्थीको आखाँ तथा कान परीक्षण गरेको अस्पतालका अध्यक्ष कमलेश कर्णले जानकारी दिए । २१ औं जलबिन्दु सचेतना सप्ताहको क्रममा विद्यार्थीहरुका निम्ति निः शुल्क शिवीर आयोजना गरिएको उनले बताए । सो क्रममा २ सय बढी विद्यार्थीहरुको आखाँ तथा कान परीक्षण गरिएको विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीले जानकारी दिइन् । परीक्षण गरिएका विद्यार्थीहरु मध्ये ६५ जनामा आखाँ तथा कानको उपचार गर्न अस्पतालसम्मै पुग्नुपर्ने अवस्थाका विरामी फेला परेको उनले बताए ।
अस्पतालसम्म पुग्नुपर्ने अवस्थाका विरामीलाई दिब्यज्योति अस्पतालले नै सबै प्रकारको निःशुल्क उपचार गरिदिने प्रधानाध्यापक अधिकारीले बताए । कोचाखालमा रहेको उक्त विद्यालयमा बाल कक्षा देखी १२ सम्म २ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेको जनाईएको छ ।
विराटनगर । बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरीले नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई पक्राउ गरेको छ।मोरङको केरावारी गाउँपालिका(९ निवासी ३७ वर्षीय नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि सन् २०८० मा...
काठमाडौं, १५ असार-ललितपुरको स्टार अस्पतालमा उपचारका लागि भर्ना भएका १ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालका अनुसार ति युवकको गएराति मृत्यु भएको हो । प्रमुख गेलालले, ‘उनमा...
काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो । भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो...
विराटनगर, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ । झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरकाे ढल्केकाे रुखमा तीन किशोरी झुन्डिएको मृत भेटिएका हुन्...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्नका लागि आमसर्वसाधारणलाई विभिन्न विधि अपनाउनका लागि आग्रह गरेका छन् । कतिपय व्यवहारहरू परिवर्तन गर्नुपर्ने अवस्था आउँदा पनि सम्भावित जोखिमबाट बच्नका लागि ती उपायहरू अवलम्बन गर्न आग्रह गरेका हुन् ।...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...
काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा ल्याउने दिएको ठक्का सम्झौतामा गडबडी गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी परेको छ । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलविरूद्ध...