विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ ।
आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित हात पार्दै समुह विजेता बनेको हो । दुवै टिम यस अघि र्नै फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ५ बलमा सर्वै विकेट गुमाई ७६ रनको सामान्य स्कोर बनाएको थियो । सिरहाकी चन्दीका साहले १२ रन बनाउँनु बाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । मोरङकी वुमन अफ द म्याच सृजना राजवंशीले सर्वाधिके ३ विकेट लिइन् ।
७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ७ दशमलव २ बलमा विना विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङकी कप्तान सानु राजवंशीले ३९ रनमा नटआउट हुँदा पुर्णीमा राजवंशी १९ रनमा नटआउट भइन् ।
यस अघि भएको पहिलो खेलमा एमसिसि–११ ले मधेश प्रदेशको सप्तरीलाई ८ विकेटले पराजित गर्दै सान्त्वना जित हात पारेको छ ।
टस जितेर पहिलो ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभर खेलमा १८ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय ४ रनको स्कोर बनाएको थियो । सज्तरीकी मन्जु रामले नटआउट १४ रन शाहेक कुनै पनि ब्याटरले दोहोरो अंकलाई छन् सकेनन् । एमसिसिकी वुमन अफ द म्याच रचना चौधरीले ४ लिँदा एलिना गोतामे र चान्दनी यादनले २–२ विकेट लिइन् ।
१ सय ५ रनको लक्ष्य पछ्याएको एमसिसिले ११ दशमलव ५ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । एमसिसिकीचान्दनी यादवले नटआउट १८ रन बनाउँदा रिया तामाङले १७ रन र रचना चौधरीले नटआउट १४ रन बनाइन् । एमसिसिको दुवै विकेट रनआउटबाट भएको हो ।
सुनसरी । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँच जना नेपाली नागरिकहरू लागू औषध ब्राउन सुगरसहित सुनसरीमा पक्राउ परेका छन्। पक्राउ परेको यो घटना लागू औषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय, लौकहीको संयुक्त सुराकी...
विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...
विराटनगर । कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति...
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । मंगरलबार भएको फाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ७ विकेटले...
विराटनगर । विराटनगरमा रहेको एल्लो हर्बलको स्किन केयर बजारमा आएको छ । कोरियन टेक्नोलोजी प्रविधिबाट उत्पादन भएको ‘एल्लो हर्बलको स्किन केयरहरू बजारमा आएको हो । एल्लो हर्बलको स्किन केयरमा फेस वास, भिटा मनी सी सिरप,...
नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधव कुमार नेपाल सर्वसम्मत रूपमा चयन भएका छन् । आज बसेको सो पार्टीको संसदीय दलको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । नेपाल एकीकृत समाजवादीका अध्यक्ष पनि हुन्...
एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...