होलीलाई मर्यादित बनाउन मोरङ प्रहरी सक्रिय

 न्यूज विराट
होलीलाई मर्यादित बनाउन मोरङ प्रहरी सक्रिय

विराटनगर। मोरङ प्रहरीले होलीमा सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । होलीको अवसरमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।

होली पर्वलाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप कसिलो बनाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । उनले सभा तथा कार्यक्रमहरू गरी भिडभाड गर्ने, जबर्जस्ती रङ्ग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृङ्खल गतिविधि हुने हुँदा सो कार्य रोक्न सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।

होली पर्वलाई लक्षित गर्दै ठाउँ ठाउँमा प्रहरी खटाएको छ । सुरक्षा व्यवस्थाका लागि आवश्यकता अनुसार चेक प्वइन्टहरु थप्दै जाने र उच्छृङ्खल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको एसपी पोखरेलले बताए । जिल्लाभारका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीलाई पनि गस्ती गर्न निर्देशन दिइएको उनले बताए ।

होलीमा मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ । प्रहरीले फागु पूर्णिमाको अवसरमा सभ्य र मर्यादित ढङ्गले सुरक्षित रूपमा घर परिवार, साथीभाइमै होली पर्व मनाउन आग्रह गर्दै कहीँ कतै अमानवीय गतिविधि भएमा सय नम्बरमा सम्पर्क गर्न अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले भिडियो सन्देशमार्फत रंगको जबरजस्ती प्रयोग र महिला तथा युवतिहरुमाथि गरिने छेडखानीले होली पर्वको औचित्यमै प्रश्न उब्जाउन सक्नेतर्फ सचेत रहनुपर्ने बताएको छ ।

सम्बन्धित समाचार

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो...

पत्रकार निरौला र सरदार पुरस्कृत

विराटनगर । पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा निरौला बिबिसी नेपाली सेवा र उद्घोष दैनिकका समचार सम्पादक विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा...

उदयपुरमै कोरोना परीक्षण गर्न राजनीति दलको माग

उदयपुर, वैशाख १३-उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मुस्लिम समुदायका २८ जनामा कोरोना संक्रमित भेटिएपछि यहाँका राजनितिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ । संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार झापाबाट फर्किए 

झापा, २ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी लकडाउन...

नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...

रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान

विराटनगर । मोरङको रंगेलीमा भक्का दिवस मनाइएको छ । नगरपालिकाको आयोजनामा ७ औँ राष्ट्रिय भक्का दिवस मनाइएको हो । नगर परिसरमा आयोजित कार्यक्रममा भक्काको व्यापार गरेर जिविकोपार्जन गर्ने उद्यमी महिलाहरुलाई नगरपालिकाले सम्मान गरेको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्