विराटनगर । विराटनगर महानगरपालिका १३ मा रहेको डिएभी स्कुलले भव्य कार्यक्रम आयोजना गरी ग्य्राण्ड अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।
ग्य्राण्ड अभिभावक दिवससँगै स्कुल परिसरमा फन फेस्टा कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै डिएभी स्कुलका प्रिन्सिपल रमेश कुमार मिश्राले गुणस्तरीय शिक्षा सँगै विद्यार्थीहरुलाई सीप र संस्कारसहितको शिक्षा प्रदानमा विद्यालय कठिबद्ध भएर लागि परेको बताए । ‘विद्यालय स्थापनाको २८ वर्ष पुरा भयो । यस अवधिमा विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा हामीले कुनै कसुर बाँकी राखेका छैन,’ प्रिन्सिपल मिश्राले भने, ‘हामीले यस विद्यालयबाट दक्ष जनशक्ति उत्पादन गरी अहिले विभिन्न ओदामा बसेका छन् ।’ यहाँबाट उत्पादन भएका विद्यार्थीहरू राष्ट्रको विभिन्न क्षेत्रमा पुगेको उनले सुनाए । कार्यक्रममा विद्यालयका अध्यक्ष सुरेश कुमार शर्मा, संचालकहरु ताराचन्द खेतान, डा. राज कुमार अग्रवाल, डा. नारयण कुमारलगायतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, नाटकलगायतका विभिन्न प्रतिभा प्रस्तुत गरी सहभागि अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे । नर्सरीदेखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरुले प्रतिभा देखाएका थिए । स्कुल परिसर भित्र राखिएको फन फेस्टामा विद्यार्थीहरुले एक दर्जन बढी स्टल राखेका थिए । विद्यार्थीहरुमा भएको प्रतिभा फन फेस्टामा पनि राखेका थिए ।
सोही अवसरमा विद्यालयमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा दन्त्तरोग, आँखा, कानलगायतका विशेषज्ञ चिकित्सकहरु ल्याएर विद्यार्थी र सहभागि अभिभावकहरुको स्वास्थ्य जाँच गरिएको थियो ।
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मुख्यमन्त्री केदार कार्कीलाई आज दिउँसो भेटेर राजीनामा दिएका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ...
काठमाडौं, ७ मंसिर-प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग झण्डै एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय...
मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...
विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...
विराटनगर । लामो समयसम्म मोरङको कटहरी गाउँपलिका १ स्थित तरकारी तथा फलफूलको थोक तथा खुद्रा बजार सञ्चालन गर्न नसकेर प्रयोगविहीन भएको संरचनामा कटहरी गाउँपालिकाले साप्ताहिक हटिया लगाउने बाटो उच्च अदालत विराटनगरले खुल्ला गरिदिएको छ ।...
विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...
काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...
विराटनगर, १६ माघ । मोरङको धनपालथान गाउँपालिकास्थित उखुबारीमा गाडीएको अवस्थामा शव फेला परेका दुई पुरुषको पहिचान खुलेको छ । मोरङको धनपालथान गाउँपालिका-७ बोर्डीङ टोलस्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा दुई जनाको शव फेला परेको थियो...