प्रधानमन्त्री ओलीद्वारा चारै सुरक्षा निकायसँग छलफल - News Birat

प्रधानमन्त्री ओलीद्वारा चारै सुरक्षा निकायसँग छलफल

न्यूज विराट

काठमाडौं, ७ मंसिर-प्रधानमन्त्री केपी ओलीले सुरक्षा निकायका प्रमुखसँग झण्डै एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसँग सामूहिक छलफल गरेका हुन् ।

सुरक्षा निकायका प्रमुखसँग के विषयमा छलफल भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । सुरक्षा स्रोत र प्रधानमन्त्री सचिवालयले यसबारे थप बताउन चाहेन ।

प्रधानमन्त्री सचिवालयले पछिल्ला सुरक्षा अवस्थाबारे छलफल गर्ने नियमित भेटवार्ता मात्रै भनेको छ । पार्टीभित्र बढ्दो विवादसँगै प्रधानमन्त्री ओली भेटवार्तालाई सघन बनाइरहेका छन् । सोही कारण आजको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles