विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

 न्यूज विराट
विराटनगरमा मापसे गरेर दुर्घटना, खेलकुद महासङ्घको अधिवेशनमा आएका प्रतिनिधीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका ५ बरगाछी अगाडी सवारी दुर्घटनामा परी नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको मृत्यु भएको छ ।

आइतबार रातीदेखि चलेको बन्द सत्र स्थगित भएपछि होटेल फर्कने क्रममा आइतबार राती साढे ११ बजे दुर्घटनामा परी अर्घाखाँचीका प्रतिनिधि प्रकाश महतको मृत्यु भएको हो ।

अर्घाखाँचीका सन्धिखर्क नगरपालिका ५ घर भएका २६ वर्षीय महत लु १८ प ५४५६ नम्बरको मोटरसाइकलमा सवार थिए । बन्दशत्र सुरु भएको होटेल मनासलुबाट निस्किएपछि विराटनगर – इटहरी सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १– ०२०४२ प ६०४९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका महतको विराटनगरस्थित नोबेल मेडिकल कलेज पु¥याउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ४८ वर्षीय विष्णु परियार गम्भीर घाइते भएका छन् । उनको उपचार नोबेलमा भइरहेको छ ।

रातीको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको कारणले दुर्घटना भएको प्रहरीले जनाएको छ । ‘मापसे सेवन गरेर प्रदेश १ –०२०४२ प ६०४९ नम्बरको मोटरसाइकल सवार चालकले मापसे सेवन गरेपछि तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको देखिएको छ,’ मोरङ ट्राफिक प्रमुख कार्कीले भने, ‘सवारीमा सवार पक्राउ परेका छन् । उनीले पनि मापसे सेवन गरेको खुलेको छ । ’ ठक्कर दिने चालक विराटनगरका स्वयम अन्सारी रहेका छन् । उनी फरार छन् । प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...

असन्तुष्ट समूहले तोडफोड गरेपछि रेडक्रसको विधान महाधिवेशन स्थगित

काठमाडौं, कात्तिक २८ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

सम्झाना खत्री परियारको हत्याका अभियुक्त उनकै प्रेमी

विराटनगर, माघ २६–विराटनगर १२ स्थित उखुबारीमा माघ २४ गते मृत भेटिएकी सम्झना खत्री परियारको अवैध प्रेम सम्बन्धका कारण हत्या भएको खुलेको छ । सम्बन्धमा तिक्तता आएपछि सप्तरी घर भएका २५ बर्षिय सुरेन्द्र साहले उनको हत्या...

राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।...

नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिद्वारा खाद्यान्न वितरण

विराटनगर, ६ असार । ७० औँ स्थापना दिवसको अवसर पारेर नेपाल स्काउट विराटनगर महानगर तदर्थ समितिले विभिन्न वडामा खाद्यान्न वितरण गरेको छ । स्थापना दिवसको अवसरमा पहिलो, दोस्रो र तेस्रो दिन विराटनगरको वडा न.१,२,३,४,५,६,७,८,९, १०...

अमेरिकी सिनेटद्वारा चीनसँग जवाफ माग्ने प्रस्ताव पारित 

एजेन्सी, जेठ २-अमेरिकी सिनेटले चीन सरकारले विगर अन्य मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकार उल्लंघनका घटना भइरहेको भन्दै त्यसको जवाफ मागेको छ । सिनेटले सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको हो । अब यो प्रस्ताव तल्लो सदनमा छलफलका लागि...

पत्रकार घिमिरे र आचार्यलाई शैलजा आचार्य पत्रकारिता पुरस्कार

विराटनगर, ३ असोज–विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्